‘शितको थोपा’ नामक सामाजिक संस्थाले विपन्नलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिएको छ। युवाहरुद्वारा स्थापना गरिएको सो संस्थाले पछिल्लो समय जाडोको मौसममा आर्थिक समस्याका कारण चिसो सहन बाध्य निम्न आय भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

मंसीर १७ गते वालाचतुर्दशीको दिन पारेर भवानी आधारभूत विद्यालयका एक जना विद्यार्थी, सल्लेरी आधारभूत विद्यालयका तीन जना विद्यार्थी, राष्ट्रिय माध्यमिक विद्यालयका ११ जना, पद्यमबराह आधारभूत विद्यालयका २ जना विद्यार्थी र अन्य १४ जनालाई न्यानो कपडा वितरण गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिका–९ का वाड अध्यक्ष बेलबहादुर चोखालले युवा शक्ति सकारात्मक काममा लागेकोमा युवाहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मावि नेप्टेचौरका प्रअ तारादेवी बानियां चोखाल, समाजसेवी रिम मिजार सामाजिक कार्यमा सक्रिय शितको थोपा” नामक सामाजिक संस्थाको सक्रियताबाट विपन्नले राहत र आश गरेको बताउँदै अभियानलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

युवाहरुद्वारा स्थापना गरिएको सो संस्थाले पछिल्लो समय जाडोको मौसममा आर्थिक समस्याका कारण चिसो सहन बाध्य निम्न आय भएका ब्यक्तिहरुलाई न्यानो लुगा वितरण गरेको छ । सुनिल दामलको अध्यक्षता, बेनी नगरपालिका–९ का वाड अध्यक्ष बेलबहादुर चोखालको प्रमुख आतिथ्यता, संस्थाकी सदस्य सरिता परियारको स्वागत र संचालन शिक्षक विजय चोखालले गर्नुभएको थियो ।

 

Leave a Reply