म्याग्दीको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले सघाउने भएको छ । नाटाले नेपाल पर्यटन बोर्ड र स्थानीय संघसंस्थाको सहकार्यमा पूर्वाधार विस्तार भइसकेका नयाँ गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक पठाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

म्याग्दीमा रहेका नयाँ पर्यटकीय गन्तब्यको खोजीमा निस्किएको टोलीलाई म्याग्दी उद्योण बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्ध निर्देशक नविन खरेलले आन्तरिक तथा विदेशी पर्यटकलाई देखाउन अब पुराना गन्तब्यले मात्रै सम्भव नहुने बताए ।

सरकारी निकायको लगानीबाट मात्रै पर्यटन क्षेत्रको विकास सम्भव नभएकाले निजी क्षेत्रको सहकार्य आवश्यकता रहेको बताए । नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिक्देलले म्याग्दीको सदरमुकाम बेनीबजार पर्यटकका लागि चौतारी भएको बताए।।

उनले कोरोनाको जोखिमले नियमित विदेशी पर्यटकको आगमन सम्भव नभएको अवस्थामा आन्तरिक पर्यटकलाई घुमाउने नयाँ गन्तब्यको विकल्प नभएको बताए ।

कोभिडका नयाँ भेरियन्टले समेत नेपाली पर्यटन ब्यवसायी झस्किएको अवस्थामा आन्तरिक पर्यटकलाई आर्कषित गर्न स्थानीय तहले समेत पर्यटनमा लगानीको वातावरण बनाउनुपर्र्नेमा पर्यटन ब्यवसायीको जोड थियो ।

म्याग्दी भ्रमणमा रहेको टोली बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) उचाईमा अवस्थित टोड्केमा पुगेको छ ।

प्राकृतिको अनुपम उपहार,वरीपरी लालीगुराँसको जंगल, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको पोखराका पर्यटन ब्यवसायीको रोजाईमा परेको जनाइएको छ ।

भ्रमण टोलीलाई स्वागत गदैं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पर्यटनसँग सम्बन्धित सरकारी, निजी तथा व्यावसायिक संघ संस्थाहरुसँग हातेमालो गर्दै पर्यटकीय गतिविधिहरु अघि बढाउनुपर्ने बताए ।

उनले गन्तब्यको पहिचानसँगै सुरक्षाको प्रत्याभूति, पूर्वाधारको प्रयाप्त सुविधाको सुनिश्चितता भएमा आन्तरिक पर्यटकको आइरो लाग्ने भएकाले सरकारी निकायबाट समेत पर्यटनको विकासमा थप गम्भीर हुनुपर्नेमा म्याग्दीका ब्यवसायीको भनाई छ।

उवासंघमार्फत कालिपुलमा सञ्चालन गरिएको सूचना केन्द्रबाट जिल्लाभित्रका आकर्षक गन्तव्यहरुको भरपर्दो सूचना प्रवाह भइरहेको छ ।

टोड्केलाई गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तब्य बनाउने अभियानमा स्थानीय सरोकारवाला सक्रिय छन् । म्याग्दीमा रहेका पर्यटकीय गन्तब्यको खोजीमा आएको टोलीलाई आयोजित स्वागत कार्यक्रमको अध्यक्षता तथा स्वागत संघका अध्यक्ष कटुवाल, सञ्चालन महासचिव अमित बानियाँ र समापन बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले गरेका थिए ।

Leave a Reply