आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाईते हुनुभएका बेनी नगरपालिका–९का वडा सचिव भुपेन्द्र खत्रीको निधन भएको छ । रातको समयमा शौचालयमा जाने क्रममा सचिव खत्रीको लडेर चोट लागेको थियो । शौचालयमा जाने क्रममा लडेर पेटमा चोट लागेपछि घरमा आराम गरेको अवस्थामा अचानक समस्या आएपछि थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो ।

बेनी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि पोखरा रिफर गरेको अवस्थामा बाटोमै ज्यान गएको थियो। अचेत अवस्थामै अस्पतालमा पुर्याएको अवस्थामा चिकित्सकले मृत घोषित गरेको थियो।

लामो समयदेखि वडा सचिवको रुपमा कार्यरत खत्रीको शव परीक्षणका लागि बेनी अस्पतालमा लगेर अन्त्येष्टी गरिने वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो। ‘उहाँको निधनले अपुरणीय क्षती भएको छ,‘सिंगो वडा नै स्तब्ध भएको छ’ अध्यक्ष चोखालले भन्नुभयो । घटनास्थलमा प्रहरीको टोली समेत पुगेर अनुसन्धान गरेको छ । वडाबासीको काममा दिनरात खटिने सचिव खत्रीको मंगलबार नै गलेश्वरको घाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।यसैबीच बेनी नगरपालिकाले सचिब खत्रीको निधनमा मंगलबार शोक विदा गरेको छ ।

Leave a Reply