म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा असीमित प्रतिभाकी धनी, बाल सामाजिक अभियन्ता रेग्मी छनौट भएकी हुन् ।

सामाजिक कार्यमा सक्रिय रहेकी रेग्मीलाई संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रशान्त पाण्डेले अवार्डमा छनौट भएको पत्र पठाउँदै बधाई दिएका छन् । पोखरामा बसेर अध्ययनरत प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय रहेकी छिन् । उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान चलाईसकेकी छन् ।

कोरोना महामारीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्यपान,धूम्रपान सेवन नगर्न र बिक्रीबितरण नगर्ने अभियान लगायत अभियानबाट चर्चामा आएकी हुन् । उनले पछिल्लो समय दिएका अन्तरबार्ताको समेत निकै चर्चा हुने गरेको छ ।

बालिकामाथी हुने हिंसा,बलात्कारका घटना न्यूनीकरणका लागी कडा कानुन बनाउनु पर्ने लगायतका मागहरु समेत राखेर उनले विभिन्न निकायमा समेत ज्ञापनपत्र समेत बुझाएकी थिइन् ।२०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई चिनाउने मौका मिलेको र आफूलाई गर्व लागेको प्रेन्साले बताएकी छिन् ।

Leave a Reply