आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवाका तुल्मराज राम्जालीले विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषलाई ५० हजार सहयोग कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

जन्मदिनको अवसरमा हुने विभिन्न खर्चप्रति कुनै मोह नभएको र सामाजिक संघसंस्थामै सहयोग गरी मनाउने चाहना अनुसार सहयोग गरेको राम्जालीको भनाई छ । कोषले आफ्नो विधान अनुसार सहयोगदाता राम्जालीलाई गोल्डेन संरक्षक सदस्यता प्रदान गरेको छ । ब्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नेलाई उक्त सम्मान गरिन्छ ।

सोही अवसरमा उज्यालो बैकल्पिक विद्यालयलाई राम्जालीले १० हजार, मोना हङकङ महिला विभागबाट ५ हजार १८० र मोना हङकङका पूर्व अध्यक्ष दल शेरबुर्जाको ५ हजार हस्तान्तरण गदै भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाएका थिए । स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष शाक्य, स्वागत प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनमगरले गरेका थिए ।

Leave a Reply