धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।  धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।

कोषले पहिलोपटक नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिब सन्तोष गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको हो ।  पत्रकारिता, शिक्षा र साहित्य बिधामा रामप्रसाद सुबेदी, शिक्षा र साहित्य बिधामा धु्रबलाल शर्मालाई रु. दश÷दश हजार सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत पत्रकार गौतम बेनीबाट प्रकाशन हुने रिखार दैनिक पत्रिका र धौलागिरी खबर अनलाइनका प्रकाशक हुनुहुन्छ ।

बि.स. २०६४ देखि पत्रकारितामा क्रियाशिल गौतम म्याग्दीबाट राष्ट्रिय समाचार समिति, अन्नपूर्ण पोष्ट, ग्यालेक्सी फोरके, धौलागिरी टेलिभिजन लगायतका सञ्चार माध्यममा सम्बाददाताको रुपमा काम गर्दै आउनुभएको छ ।

कोषले जनकल्याण माबिबाट बि.स. २०७७ को एसइइ परिक्षामा सर्बोकृष्ट जिपिए ल्याउने प्रकृति बानियालाई रु. बीस हजार सहित पुरस्कृत गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत बिद्यालयको कक्षा ९ का प्रथम बिद्यार्थी शंकर पौडेललाई रु. पन्ध्रहजार, एसइइमा जकल्याणमा खसखार्य समुदायबाट बढी जिपिए ल्याउने समिता सुबेदी, दलिततर्फ रितु किसान र जनजातीतर्फ प्रदिप श्रेष्ठलाई पनि रु. पन्ध्र÷पन्ध्र हजार प्रदान गरिएको थियो ।

जनकल्याण माबिको सांस्कृतिक तर्फ उत्कृष्ट अञ्जना छिनाल, अंकिता थापा, रेजिना रामदाम, सुवास बिक र प्रबिना पाइजालाई रु. दुई÷दुई हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । मदन पुरस्कार बिजेता महारानी उपन्यासका लेखक तथा पुर्ब सांसद चन्द्रप्रकाश बानिया, कोषका सचिब माधबप्रसाद रेग्मी, बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेल लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

नेपाली काँग्रेस म्याग्दीका नेता माधवप्रसाद रेग्मी, उहाँका दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले कोष स्थापना गर्नुभएको थियो ।  पुरस्कार बितरण समारोहमा कोषले जनकल्याण माबिको अक्षयकोषका लागि रु. एक लाख ५५ हजार प्रदान गरेको थियो । स्वर्गीय तारानाथ रेग्मीको स्मृतिग्रन्थको बिमोचन गरिएको थियो ।

सो अवसरमा मदन पुरस्कार बिजेता बानियालाई अभिनन्दन समेत गरिएको थियो ।जनकल्याण मावि स्थापना कालमा रेग्मीको घरबाट सञ्चालन भएको थियो । काठमाडौबाट आउनुभएका शिक्षकलाई उहाँकी श्रीमतिले खाना पकाएर खुवाउनु हुन्थ्यो ।

त्यही कारण पुलाचौर र आसपासको क्षेत्रमा शैक्षिक बिकासमा रेग्मी परिवारको महत्वपूर्ण योगदान भएको मानिन्छ।
जनकल्याण माबिको ब्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाको अध्यक्षता, शिक्षक रेशमबहादुर बानियाको सञ्चालन, प्रअ कमल पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बिद्यालयको आम्दानी खर्च बिबरण पनि सार्वजनिक गरिएको थियो ।

Leave a Reply