बेनी नगरपालिका-३ भकिम्लीको कोप्रेभीरको जंगलमा एक पुरुषको शब फेला परेको छ। गएको कात्तिक २० गते भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किदै गरेका बेनपा–१ अर्जमका भिम बहादुर श्रेष्ठको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

भिरमा अड्किएको अवस्थामा भेटिएको शब कपडाको माध्यमबाट पहिचान भएको खोजीकार्यमा संलग्न विनोद प्रधानले जानकारी दिनुभयो । मृतकले लगाएको कपडा र हुलिया मिलेपछि प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङ, मृतकका आफन्त र स्थानीयबासी सहितको टोली घटनास्थलमा पुगेको थियो ।

तिहारको भाईटिकाको दिनमा फर्किने क्रममा मृतक श्रेष्ठमाथि आक्रमण गरी भिरबाट खसालेको हुनसक्ने अनुमान स्थानीयले गरेपनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

मृतकको शवको केही भाग आसपासका क्षेत्रमा भेटिएकाले जंगली जनावरले खाएजस्तो देखिएको प्रत्यक्षदर्शी कर्ण प्रधानले बेनीअनलाइनलाई बताउनुभयो । मृतक श्रेष्ठ घर फर्किने क्रममा सम्पर्कविहिन भएको स्थान आसपासको भीरबाट सिधै तल शब भेटिएकाले घटना शकास्पद देखिएको स्थानीयको भनाई छ ।

शबलाई प्रहरीले पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने जनाइएको छ । बेपत्ता श्रेष्ठको खोजीकार्यका लागि स्थानीयको सक्रियतामा ज्यामरुककोट र भकिम्लीको सिमानामा पर्ने सौतासौती भन्ने ठाउँमा ड्रोनको समेत प्रयोग गरेका थिए । बेपत्ता श्रेष्ठको मानसिक अवस्था समेत समान्य थियो भने परिवारमा कुनै समस्या नभएकाले घटना नियोजित भएको परिवारका सदस्यको भनाई छ ।

 

Leave a Reply