म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको आयोजनामा अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी २ दिने कार्यशाला आयोजना गरिएको छ । तालिमको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जिल्लाको सदरमुकाम बाहिर रहेको क्याम्पसमा विद्यार्थीको आर्कषण बढाउन वौद्धिक नेतृत्व र अनुन्धानमुलका कार्यहरूको आवश्यकता पर्ने बताउनुभयो।

शैक्षिक गुणस्तरबृद्धिका लागि प्राज्ञिक ब्यक्तिहरुको अनुसन्धान महत्वपूर्ण पाटो भएकाले तालिम निकै उपलब्धीमुलक भएको बताउनुभयो ।उहाँले भौतिक सुधारसंगै शैक्षिक गुणस्तरको विकासका लागि अनुसन्धानमूलक तालिम कार्यक्रम उपयोगी हुने धारणा राख्दै प्राप्त ज्ञानलाई क्याम्पसकोे हितमा प्रयोग गर्न सहभागीलाई सुझाव दिनुभयो ।

सोही अवसरमा पृथ्वीनारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख प्रा.डा. मिन पुनले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर भएमा विद्यार्थीको चाप ठेग्न नसकिने बताउनुभयो । क्याम्पसले आन्तरिक तथा वाह्य अनुसन्धानात्मक कार्य अन्तरगत क्याम्पसमा अनुसन्धान केन्द्रस्थापनाका लागि आवश्यक भौतिक व्यवस्थापन, अनुसन्धान सम्वन्धी विभिन्न गोष्ठी तथा कार्यक्रम आयोजनालाई प्राथमिकता दिनुपर्ने प्रा. पुनको भनाई थियो ।

शनिबारसम्म सञ्चालन हुने तालिमको सहजीकरण गर्न पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापहरू प्रा.डा. लेखनाथ भट्टराई, सह–प्राध्यापक डा. नगेन्द्रभण्डारी र स्कुल अफ डेभलपमेन्ट एण्ड सोसियल इन्जिनियरिङ पोखरा विश्वविद्यालयका उप प्राध्यापक डा. अनन्तराज ढुङ्गानाले गर्नुभएको छ।

तालिममा मंगला शिक्षा क्याम्पसबाट १२ जना, मंगला माविबाट ४ जना, महेन्द्ररत्न माविबाट २ जना, शिशुकल्याण मावि अर्मनबाट १ जना र शिद्धशान्ति माविबाट १ जना गरी २१ जनाको सहभागिता रहेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी आवश्यक तयारीमा समेत जुटेको छ ।

हाल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १करोडबाट ८ कोठे भवन निर्माणधिन अवस्थामा रहेको छ। विश्व विद्यालय अनुदान आयोगले तोकेका मापदण्ड पूरा गर्न क्याम्पसको पूर्वाधार सहितका अन्य आवश्यकता जुटाउन खटिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष थापा, स्वागत क्याम्पस प्रमुख पितमबहादुर खत्री र सञ्चालन सञ्चालन क्याम्पस शिक्षण सहायक रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

 

Leave a Reply