नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज ) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत भएका छन् । देशभर एकसाथ भएको फोनिजको अधिवेशन अन्तरगत सदरमुकाम बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको नेतृत्वमा म्याग्दीको सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा मगर रहेका छन् ।  त्यस्तै सदस्यहरुमा दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन र सुर्दशनकुमार श्रेष्ठ रहेका छन् । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन गरेका छन् ।


अधिवेशनको उद्घाटन गर्दै शिक्षा विकासतथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले आदीबासी जनताको उत्थान र जनजातीलाई दिएको अधिकार कार्यान्वयनमा सक्षम रहन फोनिजलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ, प्रेस सेन्टर नेपाल जिल्लाका उपाध्यक्ष पतम विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।साधन राम्जालीको अध्यक्षता, सदस्य मनु थापामगरको स्वागत र समिर रोका मगरको संचालनमा फोनिजको एतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

Leave a Reply