पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुन्द्रिखेतमा सडकमा पल्टिएर दुर्घटना भएको थियो ।ट्याक्टरमा च्यापीएर धाइरीङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परिक्षणका लागि कुश्मा अस्पतालमा पठाइएको चौकीले जनाएको छ ।

दुर्घटना भएको ट्याक्टर मिलनचोकबाट हराएको थियो । ट्याक्टरमा तीन जना सवार थिए । सकुशल दुई जनाले आफूहरुले ट्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।पछिल्लो समय घर अगाडि पर्किङ गरिरहेको अबस्थामा रातको समय पारि अज्ञात ब्याक्तिले लैजाने र बिहानपख ल्याएर छोड्ने गरेको बताइएको छ । 

Leave a Reply