बुटवलमा आयोजित उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका तेस्रो भएको छ । शनिबार तृतिय स्थानका लागि आयोजित खेलमा कञ्चनपुर नगरपालिकालाई पराजित गर्दै बेनी नगरपालिका तृतिय हुन सफल भएको हो । यसअघि भएको सेमिफाइनलको खेलमा तिलोत्तमा नगरपालिका रुपन्देही संग बेनी नगरपालिका पराजित भएको थियो ।

तृतिय स्थानका लागि भएको खेलमा १ सेट कञ्चनपुर र ३ सेट बेनी नगरपालिकाले जितेको थियो । तृतिय स्थान हाँसिल गरि नगद रु ३५ हजार पुरस्कार प्राप्त गरेको प्रशिक्षक खड्क केसिले बताउनुभयो । फाइनल खेल आइतबार संचालन हुने बताइएको छ । म्याग्दी भलिबलकी खेलाडी पवित्रा सिर्पालीको नेतृत्वमा रहेको छ । म्याग्दीको टोलीसँगै भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रशिक्षक खड्क केसी, टिम ब्यवस्थापक गंगा केसी, मलिन रोका लगायको उपस्थिती रहेको छ ।

 

Leave a Reply