म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका न्युन आयस्रोत भएका परिवारका अध्ययनरत विद्यार्थीहरु र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । शितको थोपा अभियान संस्थाले कुहुँको दिपशीखा मावि र पैयूपाँटाको नरसिंह आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र वृद्ध÷वृद्धाहरुलाई न्यानो गरी ३५ जनालाई कपडा वितरण गरेको हो ।
न्यानो कपडा वितरण प्रमुख अतिथि समाजसेवी तथा महिला सञ्जालकी अध्यक्ष गौमती रोकाले जाडोयाममा विपन्न भएकालाई सहयोग आवश्यक रहेको बताउनुभयो ।

नरिसंह आधारभुत विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर किसानले विपन्न बालबालिकाललाई प्राप्त सहयोगले उत्साहित भएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा दिपशिखा माविका प्रअ नन्दबहादुर खत्री,कुहुँ महिला बचत सहकारी संस्थाकी अध्यक्ष पुणिमायाँ पुन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष डेकबहादुर राम्जाली र सञ्चालन संस्थाका सुनिल दामलले गर्नुभएको थियो ।

Leave a Reply