---Advertisement---

माओवादी गण्डकी प्रदेश कमिटीमा म्याग्दीका ११ जना चयन

On: December 13, 2021 4:57 PM
Follow Us:

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट प्रदेश कमिटीमा म्याग्दीका ११ जना चयन हुनुभएको छ ।पोखरा सभागृहमा सम्पन्न भएको अधिवेशनबाट म्याग्दीका बिनोद केसी, रेशम जुग्जाली, पदम पुन, खुमनाथ सुबेदी, बुद्धी पुन, रिम कटुवाल, ज्योती लामिछाने, पदम किसान, चन्द्र बुढा, खुमनाथ सुबेदी, गौरी सेञ्चुरी, मनमाया चोचाङ्गी सदस्य चयन हुनुभएको हो ।

प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएको छ । प्रदेशका उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचिन गरिने छ । २०३६ साल कार्तिक १० गते तनहुमा जन्मनु भएकी गुरुङले अध्यक्ष निर्वाचित भए पश्चात सिङगो गण्डकीमा राम्रो नयाँ टिम बनाएर प्रदेशमा पहिलो दल बन्ने गरी काम गर्ने बताउनुभयो।

तनहँुमा बिद्यार्थी इकाई हुदै कास्कीमा बिद्यार्थी अध्यक्ष, धौलागिरी महिला संयोजक, पर्वतमा पार्टी सचिब, मुस्ताङमा दुई कार्यकाल पार्टी अध्यक्ष बन्नु भएकी गुरुङ गण्डकी प्रदेश सभामा प्रमुख सचेतक समेत हुनुहुन्छ ।

तीन दिन चलेको अधिबेशनमा एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा सबै पालिका समितिहरु पश्चात प्रदेश अधिबेशन गरिएको हो । प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट पालिकाहरुबाट छ सय, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ गरी आठ सय ४६ जना प्रतिनिधि सहभागी रहेको थियो ।