सिर्जनशील पत्रकारिता पुरस्कार बेनीअनलाइनकर्मी हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार सहित गौतमलाई सम्मान गरिएको हो ।

उक्त पुरस्कार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले गौतमलाई प्रदान गर्नुृभएको छ । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत हुनुहुन्छ । एक दशक देखि म्याग्दीबाट पत्रकारितामा सक्रिय गौतमले परोपकारी पत्रकारितामा जोड दिदै आउनुभएको छ । उहाँ बेनीअनलाइनका संस्थापक सदस्य, बेनी साप्ताहिक समाचारपत्रका प्रधानसम्पादक र नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ ।

धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), राम थापा, संगम घर्ति (बागलुङ) र सुन्दर कुमार थकाली (मुस्ताङ)लाई प्रदान गरिएको थियो । समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर रु. ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गर्नुभएको थियो ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । अहिले उक्त कोषको रकम रु. एक लाख पु¥याइएको छ । पुरस्कार ग्रहणपछि पत्रकार गौतमले पत्रकारिता क्षेलाई थप गतिशिलदिन आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो । यसैबीच एथ्लेटिक परिवार नेपालले काठमाण्डौमा आयेजना गरेको युथ एथ्लेटिक च्याम्पियन अन्र्तगत ८०० मिटर दौडमा आदर्श सहकारीका शेयर सदस्य काठेखोला गाउँपालिका–७ रेशन निवासी रन बहादुर कार्कीका छोरा बादल कार्कीलाई सम्मान गरिएको थियो ।

 

Leave a Reply