बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले सहकारी उत्पादनसँग जोडिनु पर्ने बताउनु भएको छ । उहाँले आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १६ औँ स्थापना दिवस तथा १५ औँ वार्षिक साधारण सभा एकाई प्रतिनिधिहरुको सभालाई सम्बोधन गर्दै पछिल्लो समय सहकारीहरु सिर्जनशील कामभन्दा नाफा कमाउन तर्फ उद्दत भएको बताउनुभयो ।

मेयर पौडेलले सहकारीले न्यून वर्गलाई समेत समेटेर उनीहरुको आर्थिक विकासमा लाग्नु पर्ने बताउनुभयो । नाफा कमाउने उद्देश्यले संचालन गरिएका सहकारीहरुले समाजमा कुनै पनि भूमिका खेल्न नसकेको भन्दै समाज रुपमान्तरमा सबै सहकारीहरु लाग्नु पर्ने. उहाँको भनाई छ ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले सञ्चारमाध्यम सञ्चालन जस्तो कठिन कामलाई निरन्तरता दिएको भन्दै उहाँले सूचना र सञ्चारसंगै सामाजिक कार्यमा पनि आदर्शको भूमिका प्रभावकारी रहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

No description available.

सो अवसरमा म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । संस्थाका सहसम्पादक सिर्जना पन्त र पूर्व सञ्चालक सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर सिर्जनशील पत्रकार कोष स्थापना गरेका थिए ।

No description available.

कार्यक्रममा एथ्लेटिक परिवार नेपालले काठमाण्डौमा आयोजना गरेको युथ एथ्लेटिकमा च्याम्पियन बनेका आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य काठेखोला गाउँपालिका–७ रेश निवासी रन बहादुर कार्कीका छोरा बादल कार्कीलाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतम, पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, पुरस्कृत पत्रकार हरिकृष्ण गौतम लगायतले बोल्नु भएको थियो ।

No description available.

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply