अमेरिकामा भएको सवारी दुर्घटनामा एक म्याग्देलीको ज्यान गएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोट घर भई मेरिल्याण्ड राज्यको बाल्टीमोरमा बस्ने ३१ बर्षिय सुनिल बराइलीको गएको बिपरित दिशा तर्फबाट तिब्र गतिमा आएको सवारीसाधनले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए । गएको शुक्रबार राती साढे १२ बजे खानपिन गरी घरबाट काममा निस्किएका बराईली दुर्घटनामा परेका थिए ।

घटनास्थलबाट अस्पतालमा लगिएका बराईलीलाई चिकित्सकले मृत घोषित गरेको म्याग्दी समाज अमेरिकाले जनाएको छ । मृतक बराईलीको श्रीमती, एक छोरा र एक छोरी छन् । एक दशक अगाडी अमेरिका आएका सुनिलले कागज पत्र मिलाएर गत बर्ष मात्र परिवारलाई अमेरिका ल्याएका थिए । बराईलीको अन्त्येष्टी सहितको प्रक्रियामा म्याग्देलीले आर्थिक सहयोग संकलन सुरु गरेको समाजका कोषाध्यक्ष सुर्दशन पौडेलले जानकारी दिए ।

Leave a Reply