एनसीसी बैंक लिमिटेड बेनी शाखाले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बोल्ने बक्ताले बैंकमार्फत नियमित आर्थिक कारोबारसँगै वित्तिय साक्षरता, सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले वित्तिय संस्थासँग सहकार्य गरी वडाभित्र विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रयास गरेपनि सफल नभएको बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदाहित्वका कार्यक्रममा बैंकले हरेक बर्ष शिक्षा, स्वास्थ्य सहितका रचनात्मक कार्यहरुमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले निजी क्षेत्रले वित्तिय संस्थासँग सधै सहकार्य गरिरहेको बताउनुभयो । सोही अवसरमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले बेनीमा रहेका ठूला बैंकले सामाजिक उत्तरदाहित्वका कार्यक्रमहरुमा चासो नदेखाएको गुनासो गर्नुभएको थियो।

कार्यक्रमको स्वागत तथा सञ्चालन शाखा प्रबन्धक लक्ष्मण शर्माले गर्नुभएको थियो । बैंकले विभिन्न योजनासँगै ‘एनसीसी सिल्भर सेभिङ खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्दती खाता,’ ‘एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्घती खाता’ लगायत निक्षेप खाताहरू संचालनमा ल्याएको छ । एनसीसी बैंकले सात प्रदेशमा १३७ शाखा, १० एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरू सञ्चालन गरिरहेको छ ।

Leave a Reply