म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा अध्यक्ष कविन्द्र रोकालाई मातृ शोक परेको छ । ममतामयी माता आसिमा रोकाको १ सय ८ बर्षको उमेरमा गएराति मंगला–३ सातविसे स्थित आफ्नै निवासमा निधन भएको मंगला शिक्षा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

आसिमाले १ सय बर्ष पुरा भएको उपलक्ष्यमा मंगला शिक्षा क्याम्पसलाई परिवारको तर्फबाट ५ लाख सहयोग समेत गर्नुभएको थियो । उहाँले सामाजिक क्षेत्रमा थुप्रै सहयोग गर्नुभएको छ । १ सय बर्ष पार गरेको अवस्थामा पनि रोकाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मतदान समेत गर्नुभएको थियो । कोरोनाको महामारीबाट जोगिन गाउँपालिका भित्र ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियानको सुरुवात समेत रोकाबाटै गरिएको थियो । File photo

 

Leave a Reply