म्याग्दीको बेनी नगरपालिका-७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औँ स्थापना दिवसको अबसरमा मंगलघाटमा संचालित उज्यालो बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । सहकारीले स्थापना दिवसको अवसरमा एक अध्यक्ष रमेश गिरीले विद्यालयका उपाध्यक्ष राजेश शाक्यलाई २५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहकारीको समाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष रमेश गिरीले बताउनुभयो । ‘समुदायस्तरमा हाम्रो कार्यक्रम निरन्तर छ,‘यसपटक आमाहरु पढ्ने विद्यालयलाई सहयोग गरेका छौ’ अध्यक्ष गिरीले भन्नुभयो । सोही अवसरमाविद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले विभिन्न कारणले पढ्ने धोको पुरा नभएर बसेका आमाहरुलाई पढ्ने चाहने पुरा गर्नसंस्थाको स्थापना गरिएको बताउनुभयो ।

विद्यालयबाट २०७७ को एसईई परिक्षामा ९ जना आमाहरु उत्तिर्ण हुन सफल भएको बताउनुभयो । औपचारिक शिक्षाबाट वञ्चित आमा,दिदीबहिनीलाई नेपाली विषयसहित अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकाउने गरिन्छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समिति, सल्लाकारहरुको उपस्थिती रहेको थियो भेन कार्यक्रमको सञ्चालन सचिव माधवप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply