(विनय श्रेष्ठ)  म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा.वि. फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिदै आएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगिताले म्याग्दीको फुटबल इतिहासमा महत्वपूर्ण भूमिका खेल्दै बर्षेनी फुटबलप्रेमीहरुलाई हौस्याउने गरेको छ । गत वर्षसम्म १८औं संस्करण पुरा गरी सकेको यस प्रतियोगिताको १९औं जेसीजकप फुटवल २०७८ मंसिर २१–२६ गते “खेलाडिको प्रतिभा प्रष्फुटनमा हाम्रो पहल–जेसीजकप फुटबल“ भन्ने मुल नाराका साथ खुल्ला मञ्च बेनीबजारमा सम्पन्न भयो ।

नवौंै जेसीजकपमा बेनीबजार निवासी समाजसेवी श्री श्यामप्रसाद श्रेष्ठले आफ्ना प्रिय पुत्र स्वर्गीय सन्तोष श्रेष्ठको स्मृतिमा स्थापित सन्तोष श्रेष्ठ स्मृति कोषको तर्फबाट जेसीजकप सञ्चालनको लागि रु २,००,०००÷– को अक्षय कोष स्थापना गरि सहयोग प्रदान गर्नुभएकोमा १५औं जेसीजकपमा रु. ५०,०००÷– थप गर्नुभएको थियो । उहाँको यस सहयोगले प्राप्त हुने व्याजको मद्दतले वर्षेनी जेसीजकप फुटबल सञ्चालनको लागि महत्वपूर्ण योगदान पु¥याएको थियो । साथै आयोजक संस्थाले सन्तोष श्रेष्ठ स्मृति कोषलाई प्रत्येक वर्ष मूख्य–प्रायोजक रहने निर्णय समेत गरेको थियो ।

त्यस्तै सन् २०१३ मा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ र म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठले स्वर्गीय मातापिताको स्मृतिमा लक्ष्मी पुतली अवार्ड, जेसी लोकेश पुन मगरले स्वार्गिय पिताको स्मृतिमा धमानसिंह अवार्ड र जेसी रन्जना श्रेष्ठले स्वर्गीय पिताको स्मृतिमा इन्द्र अवार्ड यसैगरी सन् २०१४ मा जेसी विक्रम सुवेदीले स्वर्गीय पितामाताको स्मृतिमा झलक खगेश्वरी अवार्ड स्थापना गरी हामीलाई थप हौसला प्रदान गर्नुभएको छ । त्यस्तै निवर्तमान अध्यक्ष जेसी ई. कमल विश्वकर्माले स्व. पिता मिनबहादुर विश्वकर्माको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गरेकाले संस्थाले मिन बहादुर स्मृति कोषलाई प्रायोजकको सम्मान प्रदान गरेको छ ।

१७औं जेसीज कपमा हुवावे मोवाइलले, १८औं जेसीज कपमा नरेश मोबाइलले प्रतियोगिता सौजन्यता प्रदान गरेकोमा यस वर्ष नमस्ते ट्र्ेड होटल याकले प्रतियोगिता सांैजन्य टाइटल स्पोन्सर गरेको छ । यस्तै नरेश मोवाइल सेन्टरलाई संस्थाले प्रायोजकको सम्मान गरेको छ । त्यस्तै संस्थापक तथा पूर्व अध्यक्षहरु, जेसीज पदाधिकारी तथा सदस्यहरुले विभिन्न विद्याका अवार्ड स्थापना गर्नु भएको छ । यस कार्यले जेसीज कप आयोजक, खेलाडीवर्ग र खेलप्रेमीहरुलाई थप हौसला मिलेको छ । यहाँ १९ औं जेसीज कप–२०२१ को उद्घाटनदेखि समापनसम्म गतिविधिहरु चर्चा गर्ने जमर्को गरिएको छ ।
१. उद्घाटन सत्र
नमस्ते ट्र्ेड होटल याक १९ औं जेसीजकप फुटबल २०२१ को उद्घाटन सत्र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठको अध्यक्षता र महासचिव जेसी दिनेश विश्वकर्माको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले प्रमुख रेफ्री सिद्धार्थ शाक्यलाई बल र सिठी हस्तान्तरण गरी समुद्घाटन गर्नुभएको थियो । सो सत्रमा प्रमुख अतिथि श्रेष्ठले प्रमुख आतिथ्यताको मन्तव्य, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले शुभकामना मन्तव्य र मुल संयोजक कुमार वानियाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठले धन्यवादसहित समापन गर्नुभएको सो सत्रमा प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो भने बा. का. उपाध्यक्ष जेसी बिष्मा श्रेष्ठले जेसीज आस्थाको अगुवाई गर्नुभएको थियो । उद्घाटन सत्र समाप्ति लगत्तै प्रतियोगिताको गोला प्रथा गरी टाइसिट निर्धारण गरिएको थियो ।
२. पहिलो र दोश्रो चरणका खेलहरु 
क) पहिलो खेल
म्याग्दी जेसीजका पूर्व अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठले बल चलाइ शुभारम्भ भएको पहिलो खेल गत वर्षको विजेता न्यु वेष्ट प्वाइन्ट आ. मा. वि. बेनी र लिटिल गार्डेन एकेडेमी बेनी बीच भएको थियो । खेलमा वेष्ट प्वाइन्ट १ का विरुद्ध ५ गोलले विजयी भएको थियो । वेष्ट प्वाइन्टका तर्फबाट अमृत तामाङ (क्याप्टेन ६÷३’÷६५’) ले २ गोल, लकुश पुन (७÷४’) र लक्सन पाइजा (१८÷६५’) ले १÷१ गोल तथा १ गोल (४५’) आत्मघाति भएको थियो लिटिल गार्डेनका भुमिराज रेग्मी (१५÷१५’) ले सान्त्वना गोल गरेका थिए । न्यू वेष्ट प्वाइन्टका अमृत तामाङ (६) लाई शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
ख) दोस्रो खेल
प्रतियोगिताको दोस्रो खेल गतवर्षको उपविजेता बुद्ध एकेडेमी बगरफाँट र माउण्ट एभरेष्ट आ. मा. वि. बेनी बीच भएको थियो । खेलमा बुद्ध एकेडेमी २ का विरुद्ध ३ गोलले विजयी भएको थियो । बुद्ध एकेडेमीका तर्फबाट निराजन पुन (क्याप्टेन १०÷३६’÷५४’) ले २ गोल र सुमन पुन (१७÷५९’) ले १ गोल त्यस्तै माउण्ट एभरेष्टका बसन्त छन्त्याल (क्याप्टेन १०÷४६’) र इमान जि. सी. (९÷७२’) ले १÷१ गोल गरेका थिए । बुद्ध एकेडेमीका रविन तामाङ (६) ले पहेलो कार्ड पाएका थिए । बुद्ध एकेडेमीका सुमन पुन (१७) लाई जिल्ला खेलकुद विका समितिका अध्यक्ष दिनेश के. सी.बाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सन्देश स्वेदेश श्रेष्ठ, लायन्समेनहरु पुरन छन्त्याल र दिलिप राम्जालीले सञ्चालन गरेका थिए ।
ग) तेस्रो खेल
प्रतियोगिताको तेस्रो खेल डनिङ बोर्डिङ्ग बावियाचौर र शारदा मा. वि. छिस्वाङ बीच भएको थियो । निर्धारित समयमा डनिङ बोर्डिङ्ग पेनाल्टी मार्फत गोल गर्दै शुन्यका विरुद्ध १ गोलले विजयी भएको थियो । डनिङ बोर्डिङ्गका तर्फबाट योगेश पुन (७÷४५’) ले गोल गरेका थिए । डर्निङ बोर्डिङ्गका सुमन पुनलाई मुल संयोजक जेसी कुमार बानियाँबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । डर्निङ बोर्डिङ्गका योगेश पुन (७) ले पहेलो कार्ड पाएका थिए । खेल रेफ्रि निशान गुरुङ, लायन्समेनहरु विशाल मगर र विकेश शेरपुञ्जाले सञ्चालन गरेका थिए ।
घ) चौंथो खेल
प्रतियोगिताको चौंथो खेल किसानी मा. वि. धारापानी र किसानी मा. वि. विम बीच भएको थियो । किसानी मा. वि. धारापानी १ का विरुद्ध २ गोलले विजयी भएको थियो । किसानी मा. वि. धारापानीका प्रदिप थापा (१४÷१२’) र सन्देश थापा (९÷४०’) ले १÷१ गोल गरेका थिए भने किसानी मा. वि. विमका होमन जुग्जाली (३०÷१६’) ले १ गोल फर्काएका थिए । किसानी मा. वि. धारापानीका सन्देश थापा (९) लाई पूर्व अध्यक्ष जेसी बबिन बाग्दासबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । किसानी मा. वि. बिमका सफल गुरुङ (९८), प्रचन रोका (३३) र सुलव जुग्जाली (७७) ले पहेलो कार्ड पाएका थिए । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
ङ) पा“चौं खेल
पाँचौ खेल के. वि. एकेडेमी दरबाङ र जामुनाखर्क मा.वि. अर्थुङ्गेवीच भएको थियो । के. वि. एकेडेमी शुन्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । के. वि. एकेडेमीका खगेन्द्र पुन (९÷९’ पे.) ले पेनाल्टी मार्फत, साजन रोका (१०÷४४’) र मनिष बुढाथोकी (५÷७०’) ले १÷१ गोल गरेका थिए । के. वि. एकेडेमीका खगेन्द्र पुन (९) लाई प्रहरी निरीक्षक नवराज सिलवाल म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । जामुनाखर्कका सरोज जि. सी (५). सुजन किसान (११), किरण वि. क. (३) र अमर वि. क. (८) ले पहेलो कार्ड पाएका थिए । खेल रेफ्रि सन्देश स्वदेश श्रेष्ठ, लायन्समेनहरु लेलिन गर्बुजा र दिलिप राम्जालीले सञ्चालन गरेका थिए ।
च) छैठौं खेल
छैठौं खेल बेनी बोर्डिङ र प्रकाश मा.वि वीच भएको थियो । बेनी बोर्डिङ शून्यका बिरुद्ध १ गोल गर्दै विजयी भएको थियो । बेनी बोर्डिङका शुसिल जि. सी. (३०÷३५+१’) ले १ मात्र गोल पेनाल्टी मार्फत गरेको थियो । बेनी बोर्डिङका करण जि. सी. (१२), भुमिराज नेपाली (१) र मनिष तिलिजा (४) त्यस्तै प्रकाश मा. वि. का भिम प्रसाद खत्री मनोज (क्याप्टेन ७) ले पहेलो कार्ड पाएका थिए भने प्रकाश मा. वि. का सुमन पुन मगर (४) ले गोल बचाउने क्रममा हेन गरेपछि रेड कार्ड पाएका थिए । बेनी बोर्डिङका शुसिल जि. सी. (३०) लाई टाईटल स्पोन्सर नमस्ते ट्रेड÷होटल याकका प्रोप्राईटर ईश्वर आचार्यबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि निशान गुरुङ, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
छ) सातौ खेल
सातौ खेल म्याग्दी एकेडेमी सिंगा र जनप्रिय मा.वि. दरवाङ वीच भएको थियो । जनप्रियका जितेन्द्र पुन (९÷२७’÷४५’) ले २ गोल र विकास पुन (१०÷३४’) ले १ गो त्यस्तै म्याग्दी एकेडेमी सिंगाका रोहित श्रीस (९÷१०’÷४४’÷५०’) ले ३ (ह्याट्रिक) गोल गरेपछि निर्धारित समय ३÷३ गोलले बराबरी भएको थियो । म्याग्दी एकेडेमीका गोलरक्षक सज्जन किसान (१) ले पेनाल्टी रोकेर हारबाट बचाएका थिए । म्याग्दी एकेडेमीका तर्फबाट रोहित श्रीस (९), रोशन गुरुङ (क्याप्टेन ६), प्रतिक वानियाँ (१०), र यगल श्रीस (८८), त्यस्तै जनप्रियका विकास रोका (क्याप्टेन १०), र उमेश बुढा (१२) ले पेनाल्टीमा गोल गरे पनि श्याम बहादुर किसान (२७) र दिप्शन जुग्जाली (८) ले गोल गर्न चुके पछि म्याग्दी एकेडेमी विजयी भएको थियो । म्याग्दी एकेडेमी सिंगाका रोहित श्रीस (९) लाई पूर्व अध्यक्ष जेसी नवराज पौडेलबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । म्याग्दी एकेडेमी सिंगाका रोहित श्रसि (९) र सुनिल किसान (३०) ले पहेलो कार्ड पाएका थिए । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु विकेश शेरपुञ्जा र विशाल मगरले सञ्चालन गरेका थिए ।
ज) आठौं खेल
आठौै खेल लोकदीप आवसिय मा. वि. बेनी र बालमन्दिर आधारभूत विद्यालय बेनी वीच भएको थियो । बालमन्दिरका रोहिन किसान (९÷२३’÷५०’) ले २ गोल र लोकदीपका निसान सुवेदी (७÷३५’) र मनोज मल्ल (१०÷६५’) ले १÷१ गोल पछि निर्धारित समय बराबरीमा रोकिएको थियो । बाल मन्दिरका तर्फबाट रेनिश खान (१०) , सबिन खोरजा (११), मनिष परियार (क्याप्टेन ७), विजय परियार (१३) र रोहन किसान (क्याप्टेन ९) त्यस्तै लोकदीपका अप्सन खत्री (क्याप्टेन ४), विज्ञान भण्डारी (११), पावल भण्डारी (८), निशान सुवेदी (७) ले पेनाल्टीमा गोल गरेका थिए भने लोकदीपका प्रशान्त घिमिरे (१५) गोल गर्न चुके पछि बालमन्दिर विजयी भएको थियो । बालमन्दिरका रोहन किसान (९) लाई बेनी नगरपालिका वडा नम्वर ७ कम वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि पुरन छन्त्याल, लायन्समेनहरु लेलिन गर्बुजा र दिलिप राम्जालीले सञ्चालन गरेका थिए ।
झ) नवौ खेल
नवौं खेल धौलागिरि मा.वि. सिंगा र न्यू वेष्ट पोइन्ट आ.मा. वि. बेनी वीच भएको थियो । न्यू वेष्ट पोइन्टका रामकृष्ण परियार (२÷५०’÷६०’) ले २ गोल, समन थापा (१०÷३९’), रोहित तिलिजा (१७÷६१’) र कुमार पाइजाले (८÷६९’) १÷१ गोल गररे शुन्यका विरुद्ध ५ गोलले विजयी भएको थियो । धौलागिरिका कृष्ण खत्री (५) ले पहेलो कार्ड पाएका थिए । न्यू वेष्ट प्वाइन्टका रामकृष्ण परियार (२) लाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के. सी.बाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि निशान गुरुङ, लायन्समेनहरु विकेश शेरपुञ्जा र विशाल मगरले सञ्चालन गरेका थिए ।
ञ) दशौ खेल
दशौ खेल बुद्ध एकेडमी बगरफाँट र बेनी सामुदायिक मा. वि. बेनी वीच भएको थियो । बुद्ध एकेडेमीका सुमन पुन (१७÷३०’) र निराजन पुन (क्याप्टेन १०÷४८’) ले १÷१ गरि विजयी बनाएका थिए । बेनी सामुदायिकका अभिमत पौडेल (११÷७०’) ले सान्त्वना गोल गरेका थिए । बुद्ध एकेडमीका सुमान पुन (१७), सुदिप पुन (५) र बेनी सामुदायिकका अर्जुन पुर्जा (१७) र प्रेम छन्त्याल (३०) ले पहेलो कार्ड पाएका थिए । बुद्ध एकेडेमीका निराजन पुन (क्याप्टेन १०) लाई मुख्य रेफ्रि सिद्धार्थ शाक्यबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए
ट) एघारौं खेल
एघारौं खेल डर्निङ इङ्लिस बोर्डिङ स्कूल बाबियाचौर र हेम मा.वि. सिवाङ वीच भएको थियो । डर्निङका रुपेश रोका(१०÷२४’) र युबेश ठकुरी (क्याप्टेन ९÷३५+१’) ले १÷१ गोल र हेमका बिशेष गौचन (क्याप्टेन ७÷३’÷५५’) .ले २ गोल गरी बराबरी भएपछि पेनाल्टीमा डर्निङ इङ्लिसका मिलन थापा (४), युवेश ठकुरी (क्याप्टेन ११) , रुपेश रोका (१०) र योगेश पुन (७) त्यस्तै हेमका सनम बुढाथोकी (९) र अनुज गुरुङ (१०) ले गोल गरेका थिए भने सरन गुरुङ (५) र विशेष गौचन (क्याप्टेन ७) गोल गर्न असफ भएपछि डर्निङ विजयी भएको थियो । डर्निङ इङ्लिस मिलन थापा (४), सचिन जि. सी. (१६), किस्मत घर्ति (३०) ले पहेलो कार्ड पाएका थिए । हेम मा. वि. का विशेष गौचन (क्याप्टेन ७) लाई पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सन्देश स्वदेश श्रेष्ठ, लायन्समेनहरु पुरन छन्त्याल र दिलिप राम्जालीले सञ्चालन गरेका थिए ।
ठ) बाह्रौ खेल
बाह्रौ खेल दरबाङ इग्लिस बोर्डिङ स्कूल र किसान मा.वि. धारापानी वीच भएको थियो । दरबाङ इग्लिसका प्रदिप थापा (१४÷२५’ , शुसिल थापा (१३÷५४’) र सन्देश थापा (९÷६०’) ले १÷१ गोल गरी शुन्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । दर्वाङ इङ्लिसका गणेश सुनार (८) ले पहेलो कार्ड पाएका थिए । किसानीका शुसिल थापा (१३) लाई समाजसेवी सहयोगदाता राजु राम्जालीबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
ड) तेह्रौ खेल
तेह्रौ खेल के. वि. एकेडेमी दरबाङ र भानु मा.वि. रत्नेचौर वीच भएको थियो । के. वि. एकेडेमीका योगेश रोका (११÷५’÷३५’) ले २ गोल, साजन रोका (१०÷४’) र सुबिन पुन (७÷२८’) ले १÷१ गरी १ का विरुद्ध ३ गोलले विजयी भएको थियो । भानुका समिर किसान (६÷७’) ले सान्त्वना गोल गरेका थिए । के. वि. एकेडेमका सुबिन पुन (७० लार्ई जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दान बहादुर राई म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि निशान गुरुङ, लायन्समेनहरु विकेश शेरपुञ्जा र विशाल मगरले सञ्चालन गरेका थिए ।
३. क्वाटर फाइनलका खेलहरु
क) पहिलो खेल
क्वाटर फाइनलको पहिलो खेलबुद्ध एकेडेमी र बेनी बोर्डिङ वीच भएको थियो । बुद्ध एकेडेमी सज्जन पुन (९÷२७’) र दिपेन्द्र घर्ति (८÷३६’) ले १÷१ गर्दै शून्यका विरुद्ध २ गोलले विजयी भएको थियो । बुद्ध एकेडेमीका निराजन पुन (क्याप्टेन १०) र बेनी बोर्डिङका शुसिल जि. सी. (३०) ले पहेलो कार्ड पाएका थिए भने बेनी बोर्डिङका मनिष तिलिजा (४) ले रातो कार्ड पाइका थिए । बुद्ध एकेडेमीका सुमन पुन (१७) लार्र्ई पूर्व अध्यक्ष जेसी खम थापा मगरबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सन्देश स्वदेश श्रेष्ठ, लायन्समेनहरु पुरन छन्त्याल र दिलिप राम्जालीले सञ्चालन गरेका थिए ।
ख) दोस्रो खेल
क्वाटर फाइनलको दोस्रो खेल न्यू वेष्ट प्वाईन्ट र डर्निङ बोर्डिङ्ग वीच भएको थियो । न्यू वेष्ट प्वाईन्टका तर्फबाट समन थापा (१०÷२१’) र लकुश पुन (७÷२९’) ले गोल गरी २ गोलको अग्रता लिएकोमा दोस्रो हाफमा डर्निङ बोर्डिङ्गले मैदान छोडि हिडेकोले न्यू वेष्ट प्वाईन्टलाई विजयी घोषणा गरिएको थियो । डर्निङ बोर्डिङ्गका युवेश ठकुरी (क्याप्टेन ११) ले पहेलो कार्ड पाएका थिए । न्यू वेष्ट प्वाईन्टका लकुश पुनलाई जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्ण कुमार वि. क. र म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी नारायण कुमार बरालबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
ग) तेस्रो खेल
क्वाटर फाइनलको तेस्रो खेल के. वि. एकेडेमी र म्याग्दी एकेडेमी वीच भएको थियो । के. वि. एकेडेमीका निखिल रोका (४÷६०’) र सबिन पुन (७÷१५’) ले १÷१ गोल गर्दै शून्यका विरुद्ध २ गोलले विजयी भएको थियो । के. वि. एकेडेमीका निखिल रोका (४) लाई प्रायोजक नरेश मोवाइल सेन्टरका प्रोपाइटर नरेश श्रेष्ठबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु निशान गुरुङ र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
घ) चौंथो खेल
क्वाटर फाइनालको चौंथो खेल किसानी मावि धारापानी र बालमन्दिर आधारभुत विद्यालय बेनी वीच भएको थियो । किसानीका भविन थापा (८÷२’) र सन्देश थापा (२९÷७०’) १÷१ गोल गर्दै शुन्यका विरुद्ध २ गोलले विजयी भएको थियो । बालमन्दिरका मनिष परियार (७), रेनिश खान (१०) र विवेक परियार (२) ले पहेलो कार्ड पाएका थिए । किसानीका शुसिल थापा (१३) लाई महासचिव जेसी दिनेश विश्वकर्माबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु दिलिप राम्जाली र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
४. सेमीफाइनलका खेलहरु
क) पहिलो खेल
सेमीफाइनलको पहिलो खेल न्यू वेष्ट प्वाईन्ट र के. वि. एकेडेमी दरबाङ वीच भएको थियो । वेष्ट प्वाईन्टका अमृत तामाङ (क्याप्टेन ६÷३२’÷४६’) ले २ र लकुश पुन (७÷९’) ले १ गोल गरी शून्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । वेष्ट प्वाइन्टका अमृत तामाङ (क्याप्टेन ६) लाई शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र प्रकाश मगरले सञ्चालन गरेका थिए ।
ख) दोस्रो खेल
सेमीफाइनलको दोस्रो खेल बुद्ध एकेडेमी र किसानी मा. वि. धारापानी वीच भएको थियो । बुद्ध एकेडेमीका निराजन पुन (क्याप्टेन १०÷३२’) र सज्जन पुन (९÷४३’) ले १÷१ गोल गरी बुद्ध एकेडेमीलाई विजयी बनाई दोस्रो पल्ट फाईनलमा प्रवेश गराएका थिए । बुद्ध एकेडेमीका ज्ञानेन्द्र शेरपुञ्जा (४) र सुमन पुन (७) ले पहेलो कार्ड पाएका थिए । बुद्ध एकेडेमीका रबिन तामाङ (६) लाई म्याग्दी उद्योग वाणिज्य संद्दका अध्यक्ष बेल बहादुर कटुवाल र म्याग्दी जेसीजका प्रर्व अध्यक्ष जेसी सुबिन श्रेष्ठबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । खेल रेफ्रि सन्देश स्वदेश श्रेष्ठ, लायन्समेनहरु निशान गुरुङ र दिलिप राम्जालीले सञ्चालन गरेका थिए ।
५. प्रि–म्याच प्रेस कन्फ्रेन्स
फाइनल खेलको पूर्व सन्ध्यामा शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठको अध्यक्षता, म्याग्दी पूर्व अध्यक्ष तथा नेपाल जेसीजका नेशनल युथ प्रोग्राम चियर पर्सन जेसी खम थापा मगरको उपस्थितिमा तथा पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठको सञ्चालनमा शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठको स्वागतमा प्रि–म्याच प्रेस कन्फ्रेन्स सम्पन्न भयो । उक्त कन्फ्रेन्समा सञ्चालक श्रेष्ठले फाईनलमा पुग्न सफल न्यू वेष्ट प्वाइन्ट र बुद्ध एकेडेमीको जेसीज कप यात्रा सहितको इतिहास प्रस्तुत गरेपछि वेष्ट प्वाइन्टका खेल शिक्षक दिपेन राई र बुद्ध एकेडेमीका खेल शिक्षक सोनाम लामाले रणनीतिको व्याख्या सहित भनाई राखेपछि पत्रकारहरुका जिज्ञासाको उत्तर दुवै खेल शिक्षक र टिम क्याप्टेनले दिनु भएको थियो । म्याग्दी जेसीज परिवारको तर्फबाट दुवै विद्यालयका खेल शिक्षक, टिम क्याप्टेनलाई जेसीजकप प्रदर्शन गरी शुभकामना सहित प्रि–म्याच प्रेस कन्फ्रेन्स समापन गरिएको थियो ।
६. खेलाडी सम्मान कार्यक्रम
फाइनल खेलकै समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, का. का. उपाध्यक्ष सिनेटर अरुण दाहाल, अतिथि गण, संस्थापक तथा पूर्व अध्यक्ष, पूर्व राष्ट्रिय अध्यक्ष, टाइटल स्पोन्सर नमस्ते ट्रेड र होटल याकका प्रोपाइटर बाबुराम आचार्य र ईश्वर आचार्य, स्व. रोहित भट्टचन स्मृति कोषका संरक्षक सृजना भट्टचन लगायतको उपस्थितीमा महासचिव जेसी सन्दीप खत्रीको सञ्चालनमा सातांै जेसीज कप फुटबल प्रतियोगिता २००८ मा सहभागी भै बेनी बोर्डिङ्ग सेकेण्डरी स्कूल बेनीलाई विजेता बनाउन सफल उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवै बन्न सफल विकास रकाय र गोलरक्षक सन्तोष खत्री त्यस्तै माउण्ट एभरेष्ट आ. मा.वि. बेनीका बालकुमार पुनलाई सम्मान गरिएको थियो । साथमा सत्रौं अन्तर मा. वि. लोकनृत्य प्रतियोगिताका प्रथम न्यू वेष्ट पोइन्ट, द्वितीय प्रकाश मा. वि., तृतीय माउण्ट एभरेष्ट र सान्त्वना बेनी सामुदायिकलाई रनिङ्ग ट्रफि, ट्रफि, नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
७. आर्थिक सहयोग संकलन
फाईनल खेलकै पूर्व सन्ध्यामा म्याग्दी जेसीजको आब्हानमा संस्थापक, पूर्व अध्यक्ष र जेसीज सदस्यहरु, उपस्थित प्रमुख अतिथी, अतिथीगण तथा दर्शकहरुबाट उज्यालो बैकल्पिक विद्यालयलाई ७४ हजार सात सय आर्थिक सहयोग संकलन गरिएको थियो ।
८. फाइनल खेल
१९ औं जेसीज कप फुटबल प्रतियोगिताको फाईनल खेल न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी वीच भएको थियो । खेलमा वेष्ट प्वाइन्ट शुन्यका विरुद्ध ४ गोलले विजयी हुँदै पाँचौं पटक जेसीज कप पच जित्न सफल भएको थियो । वेष्ट प्वाइन्टका तर्फबाट समन थापाले (१०÷१०’÷२२’) २ गोल, अमृत तामाङ (क्याप्टेन ६÷४४’) र लकुश पुन (७÷६४’) ले १÷१ गोल गरेका थिए । बुद्धका सुमन पुन (१७) ले पहेलो कार्ड पाएका थिए । न्यू वेष्ट प्वाईन्टका समन थापा (१७) लाई प्रथम पुरस्कार सौंजन्यदाता याम गर्बुजाका सुपुत्र आकाश गर्बुजाबाट म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो ।

फाइनल खेलको शुभारम्भ वरिष्ठ कार्यकारी उपाध्यक्ष जेसी सन्दिप खत्रीको सञ्चालनमा सामुहिक राष्ट्रिय गानको सम्मान मूल संयोजक कुमार बानियाँबाट आस्था पाठ र सामुहिक रुपमा फिफा गानको सम्मानसँगै शाखा अध्यक्ष जेसी बिरेन्द्र श्रेष्ठको स्वागत मन्तव्य र प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले प्रमुख आतित्थ्यताको मन्तव्यका साथ खेलाडीहरुको हौसला प्रदान गर्नु भएको थियो । खेल रेफ्रि सिद्धार्थ शाक्य, लायन्समेनहरु आशिष भुजेल र निशान गुरुङ, गोललाइन जज पुरन छन्त्याल र आशिष के. सी., फोर्थ अफिसियलमा सुजन रेश्मी, विजय श्रेष्ठ र उपेन्द्र गिरी रहेका थिए ।प्रतियोगीताको शुरुदेखि फाइनलसम्मका खेलहरु प्रत्यक्ष प्रशारण गरीएको थियो ।
९. पुरस्कार वितरण तथा समापन
फाइनल खेल लगत्तै विजेता न्यू वेष्ट प्वाइन्टलाई श्री लक्ष्मी प्रिन्ट्सले सौजन्य गरेको जेसीज कप, विजेता वेष्ट प्वाईन्ट र उप विजेता बुद्ध एकेडेमीलाई ट्रफि, चेक, नगद र मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै अनुशासित टिम केवि एकेडेमी दरबाङ्गलाई खगेश्वरी अवार्ड, उत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टका अमृत तामाङलाई धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता वेष्ट प्वाईन्टका अमृत तामाङर लकुश पुनलाई लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक म्याग्दी एकेडेमी सिंगाका सज्जन किसानलाई ईन्द्र अवार्डसाथ नगद, मेडल र ट्रफि प्रदान गरिएको थियो ।

साथमा द राईजिङ प्लेयर वेष्ट प्वाईन्टका सुमन पुनलाई धन अवार्ड, उत्कृष्ट स्ट्राईकर बुद्ध एकेडेमीका निराजन पुनलाई रामजी अवार्ड, उत्कृष्ट डिफेन्डर बुद्ध एकेडेमीका रविन तामाङलाई सरस्वती अवार्ड, उत्कृष्ट मिडफिल्डर केवि एकेडेमी दरबाङ्गका खगेन्द्र पुनलाई माया अवार्ड, उत्कृष्ट कोच न्यू वेष्ट प्वाईन्ट आवासीय माविका दिपेन राईलाई एककुमारी÷कृष्णप्रसाद अवार्डका साथमा मेडल, ट्रफि, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महासचिव जेसी सन्दीप खत्रीले सञ्चालन गर्नु भएको सो पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल र अतिथि का.का. उपाध्यक्ष अरुण दाहाललाई मायाको चिनो प्रदान गर्नुका साथै रेफ्रीहरु र सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

अत्यमा, २०७७ मा जेसीज कप फुटबल प्रतियोगिता–२०२० कोरोना भाईरस (कोभिड–१९) को कारणले सञ्चालन गर्न नसकिएतापनि यस वर्ष २०७८ मंसिर २१ देखि २६ गतेसम्म १९ औं जेसीज कप बेनीबजारको खुल्ला मञ्चमा सम्पन्न भएको छ । उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि विगतका वर्षहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था महानुभावहरु आभार व्यक्त गर्दछौं । सन २०२२ मा हुने २० औं जेसीज कपमा सहभागी हुने सम्पूर्ण विद्यालयहरु र खेलाडीहरुलाई अग्रीम सफलताको शुभकामना !
जय जेसीज ! लेखक: म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत हुन् ।

Leave a Reply