सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १४ औ स्थापना तथा १२ औ हिरा स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा रघुगगा गापा–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माविका १२ जना दृष्टिविहिन विद्यार्थीलाई २५ हजार बराबरको दराजका साथै न्यानो कपडा वितरण गरेको छ ।

सहकारीका अध्यक्ष लिलारमा गौतमले सामाजिक उत्तरदाहित्व अन्तरगत सेवा क्षेत्रका समस्यामा सहकारी सधै साथमा रहेको बताउनुभयो । सोही अवसरमा सहकारीका सल्लाहकार शेर वहादुर केसी, सस्थापक अध्यक्ष स्वर्गीय हिरा केसीका धर्मपत्नी देवि केसी, विधालयका प्रअ परशुराम गौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारानाथ सुबेदीको प्रमुख आतिथ्यता,सेवाकेद्रका सयोजक जयराम सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा सहसंयोजक लक्ष्मी प्रसाद सुवेदीले सञ्चालन र अध्यक्षता सहकारीका अध्यक्ष गौतमले गर्नुभएको थियो। सदरमकाम बेनीको न्यूरोडमा २०६५ सालमा स्थापना भएको सहकारीलेवित्तिय कारोबारसँगै सामाजिक कार्यमा समेत सहयोग गदैं आइरहेको छ । संस्थाको विभिन्न शिर्षकमा कर्जा प्रवाहसँगै ५५ करोड कारोवार रहेको छ ।

Leave a Reply