म्याग्दीको मंगला गाउँपालीका वडा नं ३ मा रहेको महेन्द्र रत्न माविमा स्थापित बरंजा छात्रबृत्ती अक्षयकोष ले बिद्यार्थिलाई पोसाक र शैक्षिक सामग्री बितरण गरेको छ । बिहिवार मंगला ४ मा रहेको महेन्द्र रत्न आधारभूत बिद्यालयमा अध्ययनरत गरिब, दलित र जेहेन्दार ११ जना बिद्यार्थीलाई बिद्यालय पोसाक र झोला बितरण गरेको छ । नगद रु ३० हजार बराबरको सामग्री बितरण गरिएको कोषका सदस्य समेत रहनु भएका संचारकर्मि केपि सापकोटाले जानकारी दिनुभयो । त्यसैगरि बेनी नगरपालीका वडा नं ४ थामडाँडामा रहेको भृकुटी आधारभूत बिद्यालयमा अध्ययनरत ३४ जना गरिब तथा जेहेन्दार बिद्यार्थिलाई रु २५ हजार बराबरको कपि, कलम लगाएतका शैक्षिक सामग्री सहयोग गरिएको कोषका सचिव ई. नेत्र सापकोटाले जानकारी दिनुभयो । सहयोग सामग्री हस्तान्तरण गर्दै कोषका अध्यक्ष ई. शंकर बुढाथोकीले बिपन्न बर्गका बिद्यार्थिलाई पठनपाठन मा सहयोग पुगोस भनेर सो सामग्री प्रदान गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने उहाँको भनाई छ । २०६० सालको एसएलसी ब्याचले २०७२ सालमा स्थापना गरेको कोषमा हालसम्म ५ लाख रुपैयाँ संकलन भएको छ ।कोषको ब्याजबाट प्राप्त रकमले यस वर्ष दुइवटा बिद्यालका बिद्यार्थिलाई सहयोग गरिएको कोषका संरक्षक लोकेश पुनले बताउनु भयो । महेन्द्र रत्नका प्र. अ जग बहादुर रोका र भृकुटी का प्र. अ शेर बहादुर गुरुङले यो महत्वपुर्ण सहयोग गरेकोमा बरंजा छात्रबृत्ती अक्षयकोष लाई धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष ई. बुढाथोकीको अध्यक्षता र सचिव ई. सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply