बेनी नगरपालिका–६, चुत्रेनीमा शुक्रबार राति अलपत्र अवस्थामा एक बालक भेटिएका छन् । अन्दाजी ७–८ वर्षका बोल्न नसक्ने भेटिएपछि स्थानीयले उद्धार गरेका छन् । चुत्रेनीबाट उद्धार गरिएको बालकको आफन्त खोज्न समस्या भएको स्थानीय यूवा प्रकाश बानियाँले बताउनुभयो । उहाँका अनुसार बालक प्रस्ष्टसँग बोल्न नसक्ने भएका कारण आफन्त खोज्न समस्या भएको छ ।

बालक झट्ट हेर्दा पश्चिम म्याग्दीतर्फबाट आएजस्तो देखिन्छन् । तर उनले आफ्नो ठेगाना सहितको विवरण उपलब्ध नगराएकाले प्रहरीलाई जानकारी गराउने उद्धारकर्ता बानियाँको भनाई छ । बालकको आफन्तलाई 9847732063, 9803468070 सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Leave a Reply