अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

न्यू वेष्ट पोइन्टले मनायो २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

On: December 17, 2021 11:05 PM
Follow Us:

बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी अतिथि,अतिथि, अभिभावक तथा शिक्षक कर्मचारीहरूको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न पुरस्कार सम्मान प्रदान गरेको छ ।

विद्यालयले कार्यक्रमका अवसरमा विद्यालय र कलेजका विद्यार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । अभिभावक दिवसको अवसरमा अभिभावकहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले वेष्ट पोइन्टबाट विद्यालय पुरा गरी विभिन्न विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधी हासिलगर्ने विद्यार्थीहरुलाई वेष्ट पोइन्ट सम्मान द्वारा सम्मान गरेको छ।

त्यसैगरी मन्टेसरीदेखि कलेजसम्मका विभिन्न कक्षा र तहगत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । वेष्ट पोइन्ट कलेजबाट वर्ष २०७७ मा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई ग्राजुएसन अवार्ड प्रदान गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने वर्ष २०७६ र २०७७ का विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ ।

कर्यक्रममा लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दिर्घसेवा सम्मान प्रदान गरेको छ । जसमा १० वर्ष, १५ वर्ष र २० वर्ष अनवरत सेवा गर्ने शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् ।

२० वर्षे सम्मान प्राप्त गरेका शिक्षक मनोज खड्काले विद्यालयले प्रदान गरेको सुरक्षा र सुविधाका कारण निजि संस्था भए पनि निरन्तर कामगर्ने वातावरण मिलेकोले लामो समयसम्म शिक्षक कर्मचारी टिक्न सकेको बताउनुभयो ।

१० बर्षे सम्मानबाट १० जना, १५ बर्षे सम्मानबाट १ जना र २० बर्षे सम्मानबाट २ जना शिक्षक सम्मानित भएका छन् । त्यस्तै कार्यक्रममा आन्तरिक र बाह्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरु समेत सम्मानित भएका छन् ।

कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल डी बी दाहालले वेष्ट पोइन्ट एक फरक विद्यालय भएको र हरेक विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने वातावरण विद्यालयमा भएको बताउनुभयो । उहाँले विद्यालयको कक्षाकोठाबाट विद्यार्थीहरुलाई बाहिर निकालेर प्रयोगात्मक सिकाइलाई जोड दिइने र प्रविधि सहितको बुकलेस कक्षा बनाउने जानकारी गराउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले संक्षिप्त मन्तव्य व्यक्त गर्दै विद्यालयाल यो वर्ष र विगतका वर्षमा गरेका उपलब्धिले वेष्ट पोइन्ट एक उत्कृष्ट विद्यालय भएको बताउनुभयो । त्यसैगरी प्रमुख अतिथि बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले सम्पूर्ण अभिभावकलाई इंगित गर्दै विद्यालयको सिकाइसंगै घरपरिवार समाजमा समेत आफ्ना नानीबाबुको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिन र समय दिन समेत आग्रह गर्नुभयो ।

त्यसैगरी अध्यक्षताको मन्तव्य व्यक्त गर्दै वेष्ट पोइन्ट एजुकेशन अध्यक्ष हरिकृष्ण श्रेष्ठले विगत २ वर्षा देखी कोरोना महामारीका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भैरहेका बेला विद्यालयले अनलाइन मार्फत गरेको सिकाइ र शिक्षककर्मचारीको कडा मेहेनतका कारण सिकाइलाइ निरन्तरता दिइ विद्यार्थीहरुलाई शिक्षणसिकाइमा जोड्न सफल भएको बताउनुभयो ।

उहाँले जिल्लामा शैक्षिक, खेलकुद लगायत विभिन्न क्रियाकलापमा वेष्ट पोइन्ट विद्यालयले यस सत्रमा विशेष रूपमा हासिल गरेको उत्कृष्टतामा सम्पूर्ण अभिभावक, शिक्षक, ब्यबस्थापन समिति, शिक्षक अभिभाबक संघ र विद्यार्थीहरुको सामुहिक प्रयास रहेकोले सबैलाई सम्मान गर्दै आगामी दिनमा यस्तै व्यापक सहकार्यको अपेक्षा समेत गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरु कक्षा ८का छात्रा अनुभुति बानियाँ, कक्षा १२ का छात्र केशव रोका, विविएसका छात्रा निरुता बुढाथोकी र शिक्षककर्मचारीको तर्फबाट मनोज कुमार खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवालको प्रमुख आतिथ्यता, भाइस प्रिन्सिपल सरोज लकान्द्रीको स्वागत र अर्का भाइसप्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ।