राष्ट्रिय भलिवल टोलीकी लिबरो कमला पुन उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । पोखरामा जारी नेपाल जेसिजको ४८ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएको हो ।

म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई हाल नेपाल पुलिस क्लवको टिम क्याप्टेन समेत रहनुभएकी पुनलाई यूवा पुरस्कारका लागि म्याग्दी जेसीजले सिफारिस गरेको थियो । स्कुलले जिवन देखि नै उत्कृष्ट खेल प्रदर्शन गर्नु भएका पुनले छोटो समयमै भलिवल खेलमार्फत स्थापित पुनले सम्मानबाट उत्साहित भएको बताउनुभयो।

‘खेल जिवनमा सम्मानले थप उर्जा थपिन्छ,‘खेलमार्फत अझै राष्ट्रको नाममा योगदान चाहन्छु’ खेलाडी पुनले भन्नुभयो ।नेपालको राष्ट्रिय टिमबाट सहभागी हुँदै पुनले बंगलादेश, माल्दिब्स, भारत लगाएतका देशमा उत्कृष्ट खेल प्रदर्शन गरि नेपाललाई पदक दिलाउन सफल हुनुभएको छ ।

उहाँले गतबर्ष म्याग्दीलाई मुख्यमन्त्री कप जिताउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।भलिवल खेल क्षेत्रमा निडर, साहसि र अनुशासित खेलाडिको रुपमा चिनिने पुनले थुप्रै पुरस्कार समेत जितिसक्नुभएको छ।

नेपाल जेसिजले प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित हुनुभएको खेलाडी पुनलाई म्याग्दी जेसीजका अध्यक्ष बिरेन्द्र श्रेष्ठले समेत बधाई दिदैं जिल्लामा खेलकुद सहित विभिन्न क्षेत्रमा जेसीजले सहकार्य गर्ने बताउनुभयो ।

‘म्याग्दीले राष्ट्रियस्तरमै ख्यातीप्राप्त ब्यक्तित्व जन्माएकाले सम्मानका लागि योग्य हुनुहुन्छ,‘सबै जिल्लाबाट आउने सूचीमा म्याग्दीले सिफारिस गरेकाहरु सम्मानित हुनुमा उहाँहरुको योगदान नै प्रमुख कारण हो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । यसअगाडी म्याग्दीबाट लोक गायक खड्क गर्बुजा, भारत्तोलन खेलाडी तारादेवी पुन र राष्ट्रिय भलिवल टोलीकी कप्तान अरुणा शाही समेत उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

Leave a Reply