चिसो बढेसँगै धवलागिरी गाउँपालिका-७, ताकमका २० ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। शनिबार ताकममा आयोजित कार्यक्रममा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रोत्साहन गर्ने विनियोजित १ लाखबाट वडाभित्रका ७० वर्ष उमेरभन्दा माथिका वृद्धलाई ज्याकेट र बृद्धालाई खास्तो र सुइटर वितरण गरिएको हो । वडा अध्यक्ष कलानिथि सुबेदीले ज्येष्ठ नागरिकको सेवामा वडा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले वडाभित्र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भक्ता वितरणमा सहज बनाउनुका साथै अन्य विभिन्न सेवाहरु समेत प्रदान गरेको बताउनुभयो । वडाले जाडोको मौसममा न्यानो कपडा वितरणमा गरेकोमा बृद्धबृद्धाले समेत खुसी ब्यक्त गरेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । गोपाल आचार्य

Leave a Reply