म्याग्दीका ट्याक्सी ब्यवसायीले सहज रूपमा गण्डकी प्रदेशको राजधानी पोखरासम्म जान समेत नपाइएको गुनासो गरेका छन् । सार्वजनिक सवारी सञ्चालनमा सरकारी निकायबाटै सिन्डिकेट लादिरहेकाले यात्रुलाई सेवा गण्डकी प्रदेशका ११ वटै जिल्लामा जान मिल्ने गरी स्थायी रुट इजाजत माग गरेका छन् ।

शनिबार सम्पन्न भएको म्याग्दी ट्याक्सी ब्यवसायी समिति रुपान्तरित बेनी यातायात प्रालिको विषेश साधारणसभामा छिमेकी जिल्ला बागलुङमा रहेको यातायात ब्यवस्था कार्यालयसम्म जान समेत विझिन्न झन्झट रहेकाले ट्याक्सी ब्यवसायी मर्कामा परेको बताएका छन् ।

साधारण सभाको उद्घाटन गदैं समितिका पूर्व अध्यक्ष दलबहादुर पुनले कोरोना भाइरसका कारण लामो समयसम्म समस्या झल्दै आएका ब्यवसायी र चालकको हितमा हुने गरी प्रदेशभरका जिल्लामा सहज आवतजावत गर्न मिल्ने गरी रुट इजाजात वितरण गर्न अनुरोध गर्नुभएको छ। ‘हामीले म्याग्दी र पर्वतको मात्रै अनुमति पाएका छौ,‘बागलुङसम्म सहजै जान पाइदैन’ पुनले भन्नुभयो ।

सरकारले तोके अनुसार समितिलाई प्रालिमा रुपान्तरण गरेपनि रुट पर्मिट (बाटो इजाजत पत्र)मा प्रतिबद्धता जनाए अनुसार सरकारी निकायले काम नगरेको ब्यवसायीको गुनासो थियो । चालक र ब्यवसायीको न्यूनतम माग समेत पूरा हुन नसकेको भन्दै चरणबद्ध दवाव दिने बताएका थिए ।

प्रालिको विषेश साधारणसभाबाट भोजबहादुर थापा ‘कुमार’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सञ्चालक समितिका सदस्यहरूमा होमबहादुर कार्की ‘इश्वर’,कुलबहादुर फगामी, रेशबहादुर विक, गोर्कण भण्डारी, तेजेन्द्र पुन,दलबहादुर मल्ल, हरी खड्का, दलबहादुर छन्त्याल, राम कोइराला र हरी भण्डारी छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले यातायात ब्यवसायीलाई सरकारी निकायबाट दोस्रो दर्जाको नागरिक सहर ब्यवहार भइरहेको बताउँदै रुट पर्मिटका लागि सधै विभिन्न किसिमका दबाबमुलका कार्यहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । बि।श २०६३ सालमा स्थापना भएको संस्थामा हालसम्म १ सय ६० ट्याक्सी आवद्ध रहेको जनाइएको छ । विशेष साधारणसभाको अध्यक्षता निर्वतमान अध्यक्ष टिकप्रसाद पूर्जा, स्वागत प्रेम श्रीषले गर्नुभएको थियो ।

Leave a Reply