नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा लेख बहादुर हमाल निर्बाचित हुनुभएको छ । शनिबार देखि बेनीमा सुरु भएको संगठनको १३ औँ जिल्ला अधिवेशनबाट हमाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नवनिर्बाचित कार्य समितिको उपाध्यक्षमा रमेश सिं ठकुरी, महिला उपाध्यक्षमा बिरमाया बिश्वकर्मा, सचिवमा भिम बहादर घर्ति, कोषाध्यक्षमा मन प्रसाद रोका, सहसचिवमा कुसुम पुर्जा र सह कोषाध्यक्षमा गौसरा घर्ति मगर निर्वाचित हुनुभएको निर्बाचन समितिका संयोजक जंग बहादर गर्वुजाले जानकारी दिनुभयो ।

 

कार्यसमितिको सदस्यहरुमा खुल्ला तर्फ बेनी नगरपालिकाबाट टेक प्रसाद सुवेदी, मंगला गाउँपालिकाबाट कृष्ण प्रसाद सापकोटा, मालिकाबाट करण कँडेल, धौलागिरीबाट हरिहर पौडेल, रघुगंगाबाट गणेश प्रसाद सुवेदी, र अन्नपूर्णबाट किसन बहादुर पुन निर्बाचित हुनुभएको छ । त्यस्तै सदस्य महिलातर्फ बाल कुमारी खत्री र सुनिता बरुवाल गिरी र समावेशी तर्फ निलम पूर्जा र सुन बहादुर बिक चयन हुनुभएको संयोजक गर्वुजाले बताउनुभयो ।

त्यस्तै पदेन सदस्य तथा महाधिवेशन प्रतिनिधिमा नि.अध्यक्ष जयराम सुवेदी, हरि प्रसाद सुवेदी, सरला सुवेदी, र शान्त बहादुर नेपाली चयन हुनुभएको छ । कार्यसमिति चयन पछि सपथ ग्रहण गर्दै अध्यक्ष हमालले नेपाल राष्ट्रिय शिक्षक संगठन सम्पुर्ण शिक्षकहरुको अधिकारका लागि लड्ने संगठन भएकोले यसको गरिमालाई जोगाइराख्नका लागि बिशेष कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

नेकपा एमालेमा आस्था राख्ने शिक्षकहरुको संगठन भएकाले पार्टीको हितका लागि पनि शिक्षकको तर्फबाट निभाउनु पर्ने भूमिका सफलताका साथ निभाउने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply