मंगला गाउँपालिका–१, थाइबाङ्गकी एक समाजसेवीले थाइबाङ्ग आाधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार सहितको अभियानमा आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयले सुरू गरेको शैक्षिक गुणस्तर बृद्धिका लागि आर्थिक सहयोग अभियानमा स्थानीय यामकुमारी पुनले १ लाख ५ सय सहयोग गर्नुभएको विद्यालयका शिक्षक कमल किसानले जानकारी दिनुभयो ।

यस अगाडी समेत विद्यालयका विभिन्न अभियानमा सहयोग गर्नुभएकी पुनले गाउँको विद्यालयको भौतिक र शैक्षिक गुणस्तरका लागि समुदायको साथ आवश्यकता रहेको बताउनुभयो । ‘विद्यालयमा गरिएको सहयोग कहिल्यै खेर जादैन्,‘घरआगनकै विद्यालयमा राम्रो शिक्षा भए बालबालिकालाई सहज हुन्छ’ सहयोगदाता पुनले भन्नुभयो ।

बालविकास देखि कक्षा ८ सम्म रहेको विद्यालयमा सरकारी सहयोग बाहेक समुदायस्तरबाट समेत शैक्षिक तथा भौतिक पूर्वाधारमा सहयोग गर्ने गरिन्छ । विद्यालयकी प्रधानाध्यापक देबी पूर्जाले समुदायको साथ र सहयोगबाट विद्यालयको समस्या समाधानमा सहज भएको बतायनुभयो ।

Leave a Reply