---Advertisement---

दग्नामको जलविद्युत आयोजनामा पहिरोले डोजर पुरियो, चालकको ज्यान गयो

On: December 20, 2021 11:10 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नाममा निर्माणधिन अवस्थामा रहेको जलविद्युत आयोजनामा सुख्खा पहिरो जाँदा डोजर चालकको मृत्यु भएको छ। दग्नामको लगरमा भन्ने ठाउँमा निर्माणधिन अवस्थामा रहेको ४८.५ मेगावाटको टुडी पावरमा माथिबाट पहिरो खसेर डोजर पुरिएको हो ।

हेम कन्स्टक्सनका डोजर चालक रघुगंगा गाउँपालिका–२ भगवतीका भिमबहादुर खत्रीको ज्यान गएको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो । ‘म घटनास्थलतर्फ जादैछु, थप अनुसन्धान हुन बाँकी छ’ गुरुङले भन्नुभयो ।

आयोजनाको पावर हाउसमा काम गरिरहेको अवस्थामा माथिबाट ढिस्को खसेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार आवाज आएपछि पुग्दा पहिरोले मेसिन पुरिएको थियो ।घटनास्थलमा राखुबाट प्रहरीका साथै नेपाली सेना सहितको टोली पुगेको दग्नामका यूवा मोहन तिलिजाले जानकारी दिनुभयो । मृतक खत्रीको शब डोजरभित्रै रहेकाले निकाल्न समस्या भइरहेको छ ।