बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना अधिकांसले स्वतःस्फुर्त हटाएपनि केहीले अझै अटेरी गरेका छन् । बेनी नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गरेको अनुरोधलाई वडा नं ७ र ८ का घरधनीहरूले सडक अतिक्रमण गरी निर्मित विभिन्न संरचना आफैँ हटाउन सुरू गरेपनि प्रभावकारी अनुगमन र ताकेता नगर्दा केहीले भने हटाउन अटेरी गरेका छन् । बेनी नगर, ट्राफिक प्रहरीले समेत पूर्णरुपमा हटाउन ताकेता नगर्दा सडकपेटी मिचेर व्यवसाय नगर्न÷नगराउन र पक्की घर अगाडि निकालिएका टहरा, पाली, लगायतका संरचना पूर्णरुपमा हटाउन असफल भएको छ ।

बजारभित्र केहीलाई फाल्न दवाव दिने र नफाल्नेलाई बेवास्ता गर्ने गरिएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । ‘बजारमा नियम सबैलाई एउटै हुनुपर्छ,‘फाल्नेले फाले, नफाल्नेहरुको जस्ताको त्यस्तै छ’ न्यूरोडका ब्यवसायी गोपाल पौडेलले फेसबुकबाट आक्रोश पोख्नुभयो ।

उहाँले नगरपालिका र स्थानीय जनप्रतिनिधि पूर्वाग्रही भएको बताउँदै नियम सबैलाई एउटै हुनपर्ने बताउनुभयो । बजारभित्र एकतर्फी पार्किङ र एकतर्फी सवारी रुटको कायम गरिएपनि छरपष्ट निर्माण साम्रागी, सार्वजनिक जग्गामा मनलाग्दी प्रयोग गर्ने जस्ता गतिविधिले बजारलाई सुन्दर र ब्यवस्थित बनाउन चुनौती थपिएको छ ।

नगरपालिकाको मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको दिएको समयमा अधिकांसले साथ दिएपनि अटेरी गर्नेलाई दवाव दिन नसकिएको भन्दै पूर्णरुपमा कार्यान्वयन नभए पुनः हाल्न दिनुपर्ने ब्यवसायीको भनाई छ । बजारभित्र होटल, फेन्सी, खाद्यान्न, फलफूल ब्यवसायीलाई घर भन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड,जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न दिइएको निर्देशनको पछिल्लो समय अनुगमन समेत हुन सकेको छैन् ।

नगरपालिकाको अनुमति विना मापदण्ड समेत मिचेर मनपरी संरचना थप्ने जस्ता गतिविधि समेत रोकिएको छैन् । यता नगरपालिकाले सबैलाई एउटै नियम भएको बताउँदै संरचना हटाउन अटेरी गर्नेको प्रहरीको सहयोग लिएर भएपनि हटाउने चेतावनी दिएको छ भने ट्राफिक प्रहरीले समेत हटाउन बाँकी रहेको स्थानमा निरन्तर दवाव दिएको जनाएको छ ।

 

Leave a Reply