म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक आयोजनामा स्थानीयवासीले ठेकेदारको फोटो बिजुलीका पोलमा टाँसेर विरोध गरेपछि बेनी–तातोपानी खण्डको काम धमाधम अगाडी बढेको छ । केही महिना अगाडी स्थानीयबासीले हाईप्रोफाइल ठेकेदार जिपछिरिङ लामाको फोटो नयाँ शैलीको विरोधको मिडिया र सामाजिक सञ्जालमा पर्याप्त चर्चा पाएपछि ठेकेदारले आगामी चैत्र महिनाभित्र सडकखण्ड कालोपत्रे गर्ने गरी निर्माण कार्यले तीव्रता पाएको हो ।

सडकखण्डको जिम्मा लिएको सहायक ठेकेदारले सडक अलपत्र पारेपछि मुख्य ठेकेदारलाई परेको दबाबसँगै बेनीदेखि तातोपानीसम्म मजदूर र उपकरण परिचालन गरी धमाधम काम भइरहेको छ । समानान्तर–लामा जेभीले ठेक्का लिएकोसडक आयोजनाले ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी निर्माण साम्रागी समेत प्रयाप्त ब्यवस्थापन गरेसँगै सडक विस्तारको कामले स्थानीय समेत उत्साहित भएका छन् ।

छिटफुट काम गदैं अल्झाउने गरेको ठेकेदारले अहिले बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरदेखि तातोपानी बजारसम्म कालोपत्रे गर्ने गरी काम गरिरहेको प्रमुख सन्तोष अर्यालले बताए । ‘माघ महिनासम्म कालोपत्रे बाहेकको काम सक्ने प्रतिबद्धता जनाएका छन्,‘चैत्त महिनासम्म कालोपत्रेको काम हुन्छ’ प्रमुख अर्यालले भने ।

उनले सडकखण्डमा आवश्यक जनशक्ती उपलब्ध भएकाले नियमित अनुगमन तथा ठेकेदारलाई समेत सम्झौताको अन्तिम मितिसम्म काम सम्पन्न गर्न ताकेता गरिएको छ । १२ किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइ गर्ने गरी विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकको २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो ।

लामो समयसम्म अलपत्र परेको सडक विस्तारले गति लिएपछि उत्साहित भएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कृष्ण खड्काले बताए । तातोपानी बजारका स्थानीयले सडक विस्तारमा समेत सघाइरहेका छन् । सडक विस्तारका क्रममा अवरोध रहेका संरचनाहरु हटाउन तथा मजदुरलाई समेत समुदायस्तरबाट समेत हौसला दिने काम भइरहेको स्थानीय यूवा कुमार केसीले बताए ।

ठेकेदारकोआगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको छ । सोही ठेकेदार कम्पनीले तातोपानी–सिम खण्डमा बिस्तारमा भने ढिलाई गरिरहेको छ । उक्त खण्डमा हाल एकजना पनि मजदुर छैनन् । तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ६६ प्रतिशत मात्रै भौतिक प्रगति भएकाले यहाँको काम सकिएपछि तातोपानी देखि सिमसम्मको काममा मजदुर परिचालन गर्ने ठेकेदारले बताएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 

Leave a Reply