म्याग्दीका यूवा युवा फुटबल खेलाडी दिनेश घर्ती मगर काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका-२ रूमका घर्ती मगर विभागीय टोली नेपाल प्रहरी विरुद्ध मनाङ मर्स्याङदी क्लबबाट मैदान उत्रिदैं ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका हुन् ।

७७ नंम्बरको जर्सीमा क्लवबाट पहिलो खेलमा घर्तीमगरले नेपाली राष्ट्रिय टोलीका अञ्जान विष्टको ठाउँमा फर्वाड खेल्दै सानदार रुपमा क्लवको पहिलो खेल खेलेका थिए ।

राष्ट्रिय टोलीका अनुभवी खेलाडी, केही विदेशी अनुहारसँगै मैदानमा उत्रिएका घर्तीमगरले डेब्यू खेलमा सोचेजस्तै प्रर्दशन गर्न सफल भएको बताए । ‘मेरो जीवनकै सबैभन्दा ठूलो अवसर हो,‘अब कडा मेहनत गरी आफ्नो खेल देखाउने समय आएको छ’ घर्तीमगरले बेनीअनलाइनलाई भने ।

करिब ३ बर्ष पोखराका आधादर्जन भन्दा बढी क्लवबाट गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लामा अलराउण्डरको रुपमा क्षेत्रीयस्तरका प्रतियोगितामा सहभागी भएका घर्तीमगर मनाङ मर्स्याङदी क्लबमा मिडफिल्डर हुन् । क्लवबाट डेब्यू खेलमै उनले फर्वाड पोजिशनमा खेलेका थिए ।

‘प्रतिष्ठित क्लवमा आवद्ध भएको छु,‘मेहनतले पनि खेलको स्तर फेरिन्छ, मैले अब सम्पूर्ण ध्यान खेलमै लगाउँछु’ घर्तीमगरले भने । उनले ट्रेनिङमा राष्ट्रिय टिमका अग्रजहरूबाट अझै राम्रो सिक्ने अवसर मिलेको बताए । उनले भविस्यमा जिल्लास्तरमा हुने फुटबल प्रतियोगितामा सिकेको सीप हस्तान्तरण गर्ने योजना समेत बनाएको बताए ।

बेनी सामुदायिक माविबाट २०७२ सालमा एसइई दिएका घर्तीमगरले यू वेष्ट प्वाइन्ट आवासीय माविबाट उच्च शिक्षापछि ब्यवसायीक खेलका लागि पोखरा गएका थिए ।

पूर्व विद्यार्थी समेत रहेका घर्तीमगरमार्फत विद्यालयका फुटबलमा रुची रहेका विद्यार्थीलाई समय अनुसार प्रशिक्षण समेत गराउने बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । उनले समय अनुकुल मिलाएर सम्मान सहित प्रोत्साहनका कार्यक्रमहरु समेत गर्ने बताए । पोखरामा हुने आहा रारा गोल्डकप लगायतका प्रतियोगिता खेलिसकेका छन् ।

पोखरामा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका घर्तीमगरको खेल मनाङ मर्स्याङदीका प्रशिक्षकको नजरमा परेको थियो । घर्तीमगर आवद्ध रहेको मनाङ मर्स्याङदी प्रतियोगितामा १३ अंक सहित शीर्ष स्थानमा छ । घर्तीमगर सहित म्याग्दीको रघुगंगा गाउँपालिकाका निराजन खत्री जावलाखेल यूवा क्लवमा आवद्ध छन् ।

Leave a Reply