म्याग्दीको रघुगंगा गाउँपालिकाले सबै वडालाई बालश्रम मुक्त बनाउने भएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत बुधबार वडा नं १ बेगखोलालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।

बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्याङ्क संकलन तथा सम्भावित जोखिममा रहेका बालबाकिलाको पहिचान सहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएपछि वडालाई घोषणा गरिएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताए ।

‘वडाभित्र कुनैप्रकारको बालश्रमिक छैनन्,‘जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ’वडा अध्यक्ष फगामीले भने । बालश्रम मुक्त वडा घोषणा अगाडी स्थलगत सर्वे, अति विपन्न तथा अभिभावक विहिन बालबालिकाको पहिचान सहित सम्भावित जोखिममा रहेकाको विवरण संकलन गरिएको थियो।

अभियानमा वडाका जनप्रतिनिधि, आमा समुह, यूवा क्लव सहित स्थानीय सरोकारवाला निकायका प्रतिनिधिले समेत बालश्रम मुक्त वडा घोषण अभियानमा सामुहिक प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाको सहायक महिला विकास निरिक्षक सावित्री सुबेदी, वडा सचिव सरस्वती आचार्यले पालिकाको पहिलो बालश्रममुक्त वडाको रुपमा घोषणा भएकोमा उत्साहित भएबे बताए । ८ वडा रहेको गाउँपालिकाले एक महिनाभित्र सबै वडालाई बालश्रमिकमुक्त घोषण गर्ने प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘सबै वडामा बालश्रमिक मुक्तका लागि आवश्यक पर्ने सूचक पूरा भएको छ,‘बालश्रम मुक्तका लागि लामो समय देखि प्रयास भएको थियो’ प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने । उनले बालश्रमिकको जोखिममा रहेका गाउँपालिका भित्र एघार सय घरधुरीमा स्थलगत रुपमा गरिएको सर्वेक्षणमा १ सय ५० जना सम्भावित जोखिममा भेटिएपछि अभिभावकलाई सीमुलक तालिम तथा बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरिने बताए ।

बालश्रमिक मुक्त वडा घोषणा गरेपछि रघुगंगा भित्रका आर्थिक अवस्था विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई निशुल्क भर्ना अभियान सहित शैक्षिक अभिभावकत्व समेत ग्रहण गरिने गाउँपालिकाले जनाएको छ । बालश्रममुक्त बनाउने बारेका हरेक सामुदायिक विद्यालयमा समेत अभियान सञ्चालन गरिने छ ।

नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको अन्तिममा छनोटमा परेको थियो । नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको २० पालिकामा छनोटमा परेको थियो । यो अभियानसँगै रघुगंगा म्याग्दीको पहिलो बालश्रम मुक्त पालिका हुने छ।

 

Leave a Reply