पर्यटन क्षेत्रलाई पुनःचलायमान बनाउन दानामा सांकृतिक कार्यक्रम

झण्डै दुई वर्षयता कोरोना कहरका कारण चहसनहस भएको पर्यटनलाई पुनःचलायमान बनाउन उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा जाडो मौसममा न्यानो स्वागत गर्ने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

कोरोनाको पहिलो र दोस्रो लहरले भत्काइदिएको पर्यटन क्षेत्रमा तेस्रो रहरको त्रासका बिच पर्यटन ब्यवसायमार्फत आन्तरिक तथा बाह्य पर्यटनलाई प्रर्बधन गर्न दानामा रहेको ‘मोटेल दि दाना’ होटलको आयोजनामा यही पुस १० र ११ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कोरोना र गतबर्षको प्राकृतिक विपत्तीले तहसनहस भएको दानाको पर्यटन क्षेत्रमा जागेको आशालाई सांस्कृतिक कार्यक्रम मार्फत थप प्रचारप्रसार गरिने आयोजक एवम् होटलका सञ्चालन सुवर्ण खत्रीले बताए ।

‘ पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबैको साथ र सहयोग आवश्यक पर्छ,‘कोरोनाले रोकिएका पर्यटकलाई भित्राउन विभिन्न शैलीका स्वागतमा ढिलाई गर्नुहुन्न,‘सांस्कृतिक कार्यक्रमले उत्साह र मनोरञ्जनसँगै अतिथि स्वागतमा पनि सघाउँछे विश्वास लिएको छु’ खत्रीले भने ।

उनका अनुसार सांस्कृतिक कार्यक्रममा गायक सम्भोज मल्ल, नेशन पुन, डिजे प्रयास लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रममा बेनीको द कालरात्री ब्यान्ड र लेकाली बान्डको बिषेश प्रस्तुती रहनेछ ।

करिब आधा दशक बेलायतमा बसेर फर्किए त्यहाँको बसाईमा सिकेको सीपलाई आफ्नै जिल्लामा प्रयोग गर्नका दानामा रहेको विश्वमै चर्चित रुप्से झरना र संसारकै गहिरो अन्धगल्छी नजिकै करिब एक करोडको लागतमा सुविधा सम्पन्न गडल्याण्ड वाटरफल मोटेल अर्थात रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए ।

झरनाबाट उर्लिएर आएको बाढीले नामनिसाना समेत नरहने गरी बगाएपछि पुनः होटल ब्यवसायमा सक्रिय भएका छन् । सांस्कृतिक कार्यक्रमसँगै पुनः ब्यवसायमा जोडिएका खत्रीलाई स्वदेश तथा विदेशमा रहेका साथीभाईहरुले समेत आर्थिक सहयोग गरेका छन् । बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङ आवतजावत गर्ने पर्यटकलाई लक्षित गरी पर्यटन ब्यवसायमा जोडिएका खत्रीले रचनात्मक सहयोगको अपिल समेत गरेका छन् ।