अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सम्मेलनबाट आकाश पुन मगरको अध्यक्षतामा अनेरास्ववियुको क्याम्पस कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा नेहा घले, सचिवमा सुजन खत्री, सह–सचिवमा टिना मल्ल, सुस्मिता कार्की, शिशिर सुवेदी, कोषाध्यक्षमा कुसुम सुनार र सह–कोषाध्यक्षमा यु प्रसाद कँडेल रहेका छन् । त्यस्तै सम्मेलनबाट प्रविण पौडेलको संयोजकत्वमा अखिल फोर्स गठन भएको छ ।

फोर्सको उपसंयोजक बिकल चोखाल, राम कार्की र सचिव विवेक खत्री छन् । स्वयमसेवक प्रमुखमा सागर शर्मा, उपप्रमुखमा शुसिल सुवेदी, र सचिबमा रोजिना पौडेल रहेको अनेरास्ववियु म्याग्दीका प्रचार बिभाग प्रमुख समिर रोका मगरले बताए । उनका अनुसार रचनात्मक तथा खेलकुद विभाग प्रमुखमा कल्याण सुवेदी चयन भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश सह–ईन्चार्ज भरत गुरुङ कोनेले अनेरास्ववियु बिद्यार्थी आन्दोलनको नेता संगठन भएकाले विद्यार्थी आन्दोलनको समेत सधै नेतृत्व गर्ने बताए ।
उनले शैक्षिक प्रमाणपत्र धितो राखेर क्रृण उपलब्ध गराउन सरकारलाई माग समेत गरे ।

सम्मेलनमा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सुवास बिश्वकर्मा,स्ववियु सभापति तथा पूर्व केन्द्रिय सदस्य साबित्रा केसी, जिल्ला संयोजक दर्पण रोका लगायतले बोलेका थिए । कार्यक्रम जिल्ला सहसंयोजक मिलन खत्रीको अध्यक्षता, जिल्ला सचिवालय सदस्य मंगला कार्कीको स्वागत र सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख समिर रोका मगरको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply