म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा तुदी पावर कम्पनीद्धारा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाको विद्युतगृह खनिरहेको अवस्थामा सोमबार विहान भिरबाट खसेको सुख्खा पहिरोले चालक रघुगंगा–२,का भिमबहादुर खत्रीको घटनास्थलमै मृत्यु भयो ।

सुख्खा पहिरोले हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक खत्रीको ज्यान गएको खवर लगत्तै म्याग्दी स्काभेटर अप्रेटर संघको प्रतिनिधि सहितको टोली घटनास्थलमै पुग्यो ।

हत्केलामा ज्यान राखेर अक्करे भीर खन्दै गरेका चालक खत्रीको परिवार तथा आयोजना पक्ष र सुरक्षा निकाय,जनप्रतिनिधिहरूसँगै मृतक खत्रीको शब निकाल्ने देखि उचित क्षर्तीपूर्तीका लागि संघका अध्यक्ष श्यामनन्द शर्माको नेतृत्वमा ५४ जनाको चालकको टोली घटनाको करिब राती १० बजेसम्म घटनास्थलमै बसेर पीडितको पक्षमा उचित क्षर्तीपूर्तीको माग गरे ।

संघमा आवद्ध रहेका मृतक खत्री परिवारको पक्षमा बोल्न कार्यइक्षेत्रबाट सिधै घटनास्थलमा पुगेका अप्रेटरहरूले पीडितको पक्षमा क्षर्तीपूर्ती सहितको सहमति भएपछि मंगलबार रातीअन्त्येष्टी गरेपछि काममा फर्किए । हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालकले ज्यानकै बाजी राखेर काम गर्दा हुने दुर्घटनामा विगतमा भोग्नुपरेको समस्यालाई समाधान गर्न गतबर्ष फागुनमा मात्रै संगठित भएका थिए ।

हेभी इक्युपमेन्टका मालिकले कामको सिलसिलामा हुने घटनामा बेवास्ता गर्ने, पीडितको पक्षमा प्रयाप्त दबाबको अभाव महसुस गरी म्याग्दी स्काभेटर अप्रेटर संघ गठन गरेपछि चरणबद्ध रुपमा काम भइरहेको सचिव देबेन्द्र चोखालले बताए । ‘धेरै घटनालाई नजिकबाट हेर्ने अवसर पाएका छौ,‘कमाई हुदाँ राम्रो मान्नेहरू दुर्घटना हुदाँ भाग्न थालेपछि संगठित भएर लाग्यौ’ सचिव चोखालले भने ।

उनले यसअगाडी मुस्ताङको लेतेमा दुर्घटनामा ज्यान गएका सिन्धुपाल्चोकका अप्रेटरको पक्षमा समेत आवाज उठाएर २५ लाख क्षर्तीपूर्ती दिलाउन सफल भएको बताए । जिल्लाभित्र ठेकेदारले समयमै ज्याला नदिने तथा विभिन्न बाहनामा दवाव दिदाँ समेत संघमार्फत सचेत बनाउने गरिएको छ । एकबर्षभित्र निर्माण ब्यवसायी तथा विभिन्न आयोजनामा कार्यरत चालकको सुविधा लगायतका करिब एकदर्जनभन्दा बढी समस्या समाधान समेत गरिएको जनाएको छ ।

‘पेशागत हितका लागि हामीले आवश्यक परे एकपटक काम बन्द गछौं,‘एकजना अप्रेटरलाई अन्याय हुदाँ हामी सबैलाई दुख्छ’ सचिव चोखालले भने । अप्रेटरको दबाबसँगै पालिकाका जनप्रतिनिधि, सुरक्षा निकायको सहजीकरणले समेत पीडितलाई सहज हुने गरेको बताए ।

उनले संघमार्फत थप विभिन्न कार्यक्रमहरु समेत गर्ने योजना रहेको बताए । दुर्घटनालाई न्यूनिकरण गर्न अनुभव हस्तान्तरण लगायत बिम सहितका अन्य सुविधाहरुमा समेत एकजुट हुने संघले जनाएको छ । म्याग्दी जिल्लाभित्र हेभी इक्युपमेन्टका अप्रेटरलाई संघमा आवद्ध तथा सम्पर्कमा आउन समेत अनुरोध समेत गरिएको छ । हाल ८० भन्दा बढी सम्पर्कमा रहेकोमा ५५ जना आवद्ध भएका छन् ।

 

Leave a Reply