---Advertisement---

म्याग्दीमा कांग्रेस संस्थापक भट्टराईको ९८ औं जन्मजयन्ती मनाइयो

On: December 23, 2021 12:27 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीले बिहिबार पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाएको छ । पार्टी कार्यालयमा आयोजित जन्मजयन्तीको अवसरमा बोल्दै सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्ना सिद्धान्त र लक्ष्य अडिग बनेर हिड्ने स्वर्गीय भट्टराईलाई सधै साथमा लिएर हिड्नुपर्ने बताए ।

सोही अवसरमा उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, महाधिवेशन प्रतिनिधि चिरञ्जीवि शर्मा, पूर्व सहसभापति नेत्रबहादुर महतले नेपाली कांग्रेसले संस्थापक नेता भट्टराईको बाटोमा अगाडी बढ्नुपर्ने बताएका थिए । जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको पार्टी सचिव भरतबहादुर रकालले सञ्चालन गरेका थिए । भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस आठ गते भारतको बनारसमा भएको थियो।

नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ। सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यत्मिक चिन्तनका कारण सबैमाझ लोकप्रिय थिए।