दुई दशकपछि अन्तराष्ट्रिय उपाधीको खडेरी तोडेको डिफेन्डिङ च्याम्पियन नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप पहिलो खेलमा चमत्कारी जित निकाल्दै सानदार उपस्थिति जनाएको छ। बङ्गलादेशमा बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टोलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएको नेपाली टोलीले तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्किएर चौथो सेट २५–१९ ले नेपालले जितेपछि खेलको नतिजा अन्तिम पाँचौँ सेटमा प्रवेश गरेको थियो ।

पाँचौँ सेट नेपालले १५–१३ ले जित्यो । महिला टोलीको कमब्याकमा कप्तान अरुणा सहितका खेलाडीले निकै मेहनत गरेका थिए ।अघिल्लो प्रतियोगितामा २० बर्षपछि अन्तराष्ट्रिय उपाधी जित्ने महिला कप्तान बनेकी शाहीले यसपटक पनि आफ्नो उपाधीसँगै घर फर्किने सोचमा छिन् ।

नेपाली महिला टोलीको घोषणामा कप्तान शाहीसँग बेनीअनलाइनले गरेको कुराकानीमा उपविजेता भएर फर्किने छुट नभएको बताएकी थिईन्। ‘अर्कोपटकको खेलमा पनि डिफेन्डिङ च्याम्पियन भनेर उद्घोष गर्ने गरी फर्किन्छौ,‘महिला भलिबलमा नेपाली टोलीसँगै प्रतिस्पर्धीहरू सतर्क हुने अवस्था छ’ कप्तान शाहीले भनिन् ।

नेपाली महिला टोलीको मेहनतसँगै कप्तान शाहीको खेलाडीमैत्री वातावरणले समेत खेलमा सहज हुने गरेको छ । पहिलोपटक एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन भएर फर्किएपछि नेपाली महिला टोलीले खेलमा ब्यापक सुधार गरेको छ ।

सार्क राष्ट्रका देशहरुसँग समेत प्रतिस्पर्धामा कमजोर सावित हुने गरेको नेपाली टोलीले एसियन सिनियर सेन्ट्रल जोनपछि पहिलोपटक १३औं दक्षिण एसियाली खेलकुदमा समेत उपविजेता भएको थियो । सार्क राष्ट्रकै सबैभन्दा बलियो भारतसँग फाइनलमा भिडेपछि नेपाली महिला टोलीले आफ्नो बलियो उपस्थितीलाई कायमै राख्न सफल भएका छन् ।

खेलकुदमा राज्यको प्रयाप्त बजेटको अभावका बिच खेलाडीको कडा मेहनत र खेलमैदान भित्रको आकस्मिक रणनीतिले समेत उपाधी जित्न बल पुगेको छ । नेपाली महिला टिमले भोलि शुक्रबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीको नेतृत्वमा नयाँ र अनुभवी १२ सदस्यीय टोलीसँगै माल्दिभ्स, श्रीलंका, आयोजक बंगलादेश, किर्गिस्तानले सहभागिता जनाएको छ । शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिईन् ।

Leave a Reply