---Advertisement---

करोड क्लबमा यूवा गायक प्रकाश दूतराजको ‘लाहुर जाने रेलैमा’

On: December 25, 2021 10:42 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनका सर्जक तथा गायक प्रकाश दूतराजको जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। पछिल्लो तीन महिनामा बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिएको गीतले भ्यूज प्राप्त गरेको हो । आधुनिक समाजमा जातिय,मानवीय तथा सामाजिक विकृतिलाई मौलाउन थालेपछि गाउँ–समाज र परिवेशका कथालाई आधार मानेर सिर्जनामा पस्किने गरेका यूवा सर्जक दूतराज गीतले करोड भ्यूज बटुल्न सफल भएपछि निकै उत्साहित छन्।

‘मेरो एउटा सपना पूरा भएको छ,‘भर्खरै करोड क्लवबाट उकालो लाग्दा आगामी सिर्जनाहरु झनै उत्कृष्ट बनाउनुपर्ने दबाब छ’ दूतराजले बेनीअनलाइनलाई भने । उनले म्याग्दीको माटोमा जन्मिएर, हुर्किएर संगीतको क्षेत्रमा प्रवेश गरेपनि आफ्नो संगीतको मुख्य धरातल जन्मभूमी नै भएको बताए । यूवा सर्जक दूतराज ‘लाहुर जाने रेलैमा’ सहित तीन गीतलाई यूटुबमा करोडभन्दा बढी भ्यूज कमाउने पहिलो म्याग्देली यूवा गायक समेत हुन् ।

उनले ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिसकिएको छ । जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ। ’जाम भो माइली’ मा उनले समाजमा भएको महिला बेचबिखनको विषय उठाएका छन्। करोड क्लबमा ह्याट्रिक गरेका दूतराजले आफ्ना सबै गीतहरूमा अभियन समेत गर्छन् । उनको मौलिक र सामाजिक सन्देश दिने गीतहरुसँगै अभियन समेत पृथक हुने गरेको छ ।

‘आरने’, बैनी झ्यालैमा, घर कता हो बैनीको,पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता करिब आधा दर्जन गीतमा आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका छन् । ‘कुनैपनि गीत करोड क्लवसम्म पुग्नु स्रोता–दर्शकको नै प्रमुख हात छ,‘यो यात्राले संगीतको क्षेत्रलाई उचाई तथा थप गुणस्तरीय बनाउन समेत मदत पुग्छ’ दूतराजले भने ।

हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई खोज्द थालेका छन् । साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किनुपर्ने भन्दै एउटै गीतमा करिब ७ महिनासम्म काम गरेको अनुभव सुनाउँछन् । आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावको सन्देश समेत छरपस्ट भेटिने दूतराजको भनाई छ । उनले करोड क्लवमा प्रवेश गरेको अवसरमा सेलिब्रेसनको तयारी समेत गरेका छन् ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।