लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरीका तीन जिल्लमा रहेका ५ स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा एक समारोहका बिच फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका पर्वतका बीच स्थापनाका लागि संस्थागत सम्बन्ध कायम सहकार्य÷ समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्द प्रसाद सुबेदीले बेनी नगरका मेयर हरिकुमार श्रेष्ठ,बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल,कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यम बहादुर मल्ल बीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन फाउण्डेशनले खेलेको भूमिकाको उच्च प्रशसा गदैं धौलागिरीको सम्रग विकासमा स्पेनबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले स्पेनका नगरसँग भगिनी सम्बन्ध जोडिए समग्र धौलागिरीकै लागि निकै फलदायी हुने भएकाले भगिनी सम्बन्धमा जोडिएका विषयहरुलाई दुबै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

यता बागलुङ नगरपालिका प्रमुख पौडेलले धौलागिरी भित्रका पाँच स्थानीय तहले आफने प्रतिबद्धता अनुसार काम गर्ने बताउँदै यहाँको पर्यटन, कृषि तथा विकास निर्माणमा स्पेनको मोडेललाई प्रयोग गर्न आतुर रहेको बताउनुभयो ।

सोही अवसरमा बागलुङ क्षेत्र न १ का संघीय सासद डा.सुर्य पाठक संघीय सासद मनकुमारी जिसी, स्थानीय तहका जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृतहरू, फाउन्डेसनका निर्देशक एवम् कलाकार सुरक्षा पन्त, फाउन्डेसन प्रतिनिधि एवम् लुम्बिनी सास्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुलसीराम लामिछाने, फाउन्डेसनका कार्यालय सचिब विश्व कार्की लगायतको उपस्थिति रहेको थियो ।

फाउण्डेशन नेपालमा अस्पताल, विद्यालय तथा अन्य भौतिक पूर्वाधारमा सहयोग गरेयो संस्थाको सहकार्यमा स्पेनका नगरहरु नेपालका विभिन्न नगरपालिकाहरुसँग जोडिएका छन् भने थुप्रै विकास निर्माणका योजनाहरुमा समेत सहयोग भित्रिएको छ ।  समझदारी पत्रमा हस्ताक्षर गरेसँगै धौलागिरी क्षेत्रसँग स्पेनका नगरहरू जोडिने गरी धौलागिरीको वृहत्तर पर्यटन, कृषि, वातावरण, शिक्षा जस्ता क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने जनाएको छ ।

 

Leave a Reply