अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पब्लिक भिजन केबलको अध्यक्षमा लक्ष्मण शर्मा

On: December 24, 2021 10:25 PM
Follow Us:

म्याग्दी सदरमुकाम बेनीमा रहेको पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको अध्यक्षमा लक्ष्मण शर्मा चयन हुनुभएको छ । सहकारीको शुक्रबार बेनीमा सम्पन्न १३ औँ साधारण सभा तथा छैठौँ अधिवेशनबाट समितिको उपाध्यक्षमा धु्रवराज कार्की, सचिवमा हरि प्रसाद सुवेदी, कोषाध्यक्षमा एकेन्द्र रावल र सह–सचिवमा राम प्रसाद पौडेल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, गोविन्द बानियाँ, हरिकृष्ण गौतम, भुलमाया तिलिजा, दिनानाथ रेग्मी, हिरा बहादुर पुन,गोविन्द पौडेल र गोपाल भट्टचन चयन हुनुभएको प्रवन्धक नवराज पौडेलले जानकारी दिनुभयो।

त्यस्तै अमृतदेवीबानियाँको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यमा विनोद कुमार श्रेष्ठ र सुमन बानियाँ छन् । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका जेष्ठ शेयर सदस्य सूर्य बहादुर कार्कीले पब्लिक भिजनको स्थापनापछि मात्रै जिल्लामा गुणस्तरीय केवलको सुरुवात भएको बताउँदै संस्थामार्फत प्रदान गरिने सेवाहरु गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा बिगत ७ बर्षदेखि प्राविधिकको रुपमा कार्यरत संस्थाका कर्मचारी सुन्दर बानियाँलाई नगद ५ हजार ५ र दोसल्लाले सम्मान गरिएको थियो । संस्थाको शेयर पुँजी १ करोड २५ लाख ५२ हजार २ सय रुपैयाँ रहेको छ । संस्थाले अध्यक्ष टंक हमालले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिर बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई पारित गरको छ ।

साथै गत आर्थिक बर्षमा संस्थाले ४८ लाख आम्दानी गरेकोमा बढ्दो चूनौतीसँगै संस्थागत खर्चमा आम्दानी बराबरको खर्च भएको प्रतिबेदनमा उल्लेख छ । नवनिर्वाचित अध्यक्ष शर्माले संस्थाको सेवालाई समुदायस्तरमा लैजाने गरी थप योजना बनाउने बताउनुभयो । उहाँले सेयर सदस्यलाई संस्थाको सेवा अनिवार्य र समुदायमा गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताउनुभयो । साधारण सभामा निबर्तमान अध्यक्ष टंक हमालको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण शर्माको स्वागत र सचिव धु्रवराज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।