---Advertisement---

प्राइम कमर्सियल बैंकद्वारा गलेश्वरमा घरदैलो कार्यक्रम

On: December 24, 2021 10:51 PM
Follow Us:

प्राइम कमर्सियल बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–९, गलेश्वर बजारमा बैंकिङ सचेतना सहित घरदैलो अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत खाता संचालन गर्ने, बैंकिङ्ग कारोबार सम्बन्धी सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार लगायतका बारेमा जानकारी गराइएको शाखा प्रबन्धक मुरारी रिजालले बताउनुभयो ।

घरदैलो अभियानको क्रममा सर्वसाधारणले सरल र सहज तरिकाले बैंकमार्फत सहजता तथा सहुलियतपूर्ण कर्जा प्रवाह लगायतका विषयमा जिज्ञासा राखेको प्रबन्धक रिजालको भनाई छ । बैंकले अभियानमार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।