---Advertisement---

जिब्रो नभएको मगन्तेको भेषमा गाउँ पसेका यूवालाई स्थानीयले समाते

On: December 25, 2021 9:45 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनामा माग्नेको भेषमा पुगेका दुई यूवालाई नियन्त्रणमा लिएका छन् । भारतीय मुलका नागरिक जस्ता देखिने पुरुषले सरकारी सिफारिस भएकाले अनिवार्य सहयोग गर्न भन्दै घरघरमा गएर पैसामा माग्न थालेपछि स्थानीय सहित जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।

नबोल्ने मान्छेको भेषमा गाउँघरमा आउजाउ गर्ने मानिसलाई समेत पैसा माग्ने गरेको गुनासोपछि समातेर प्रहरीको जिम्मा लगाइएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । घरदैलोमा पुगेर पैसा माग्ने बाहनामा अनौठो गतिविधि देखाउने गरेका थिए ।

जन्मजात जिब्रो नभएकाले बोल्न नसक्ने भन्दै सांकेतिक भाषा (हाउभाउ) मा तर्किने प्रयास गरेका थिए । हात र झोलामा पैसाको मुठा बोकेका दुबैलाई गाउँपालिकाका जनप्रतिनिधि सहित समुदायले लामो समयसम्म केरकार गर्दा आफूले नाटक रचेको बताएको उपाध्यक्ष छन्त्यालको बताउनुभयो ।

‘धम्कीपूर्ण केरकारपछि बाध्य भएर बोले,‘माग्नेको भेषमा आएकाको सिफारिस समेत नक्कली भेटियो’ उपाध्यक्ष छन्त्यालले भन्नुभयो। जिल्ला बिकास समिति कास्कीको नाममा बनाइएको सिफारिसमा बि.स २०८० माघ १६ गतेसम्म जारी रहने मिति उल्लेख छ। अनिवार्य १ सयभन्दा माथि दिनुपर्ने भन्ने सिफारिस समेत आफुँले नै बनाएको बताएका छन् ।

म्याग्दीको सदरमुकाम बेनी हुदै पश्चिम क्षेत्रमा गाउँगाउँमा पुगेर पैसा माग्ने नपाए सामान समेत दिन अनुरोध गर्ने गरेको खुलेको छ । सदरमुकम बेनी देखि जिल्लाका ब्यापारिक तथा ग्रामिण क्षेत्रमा सामान बेच्ने तथा अन्य विभिन्न बाहनामा बालबालिकादेखि वृद्धवृद्धासम्मको उमेर समूहका नेपाली र भारतीयले सहयोग माग्न थालेपछि स्थानीय आसिज भएका छन् । एउटै व्यक्तिले समेत समय–समयमा भेष बदलेर पैसा माग्न आउने र एउटै परिवारका चारपाँच जना फरक–फरक ठाउँमा पैसा माग गर्ने मगन्तेलाई प्रहरी सहित सरोकारवाला निकायले निरुत्साही गर्न चासो दिएको छैन् ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।