सर्जक तथा गायक प्रकाश दूतराजको जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लबमा प्रवेशको चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चलिरहदाँस्कुले पोशाकमा चिटिक्क सजिएर म्याग्दीको सदरमुकाम बेनीमा रहेको जिल्लाकै जेठो तथा पुरानो शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयको सांगितिक माहोलमा रमाइरहेका थिए ।

आफुँले मावि तहसम्म अध्ययन गरेको विद्यालको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कुले विद्यार्थीको पोशाकमा पुगेका दूतराजले स्कुले जिवनलाई सम्झिए ।

काठमाण्डौ लगायत विभिन्न सहरमा आयोजित कार्यक्रमको निम्तो भन्दा पनि आफुँले शिक्षा आर्जन गरेको विद्यालयको बार्षिकोत्सव रोजेकाका दूतराजले पछिल्लो समय सर्वाधिक चर्चामा रहेको ‘लाहुर जाने रेलैमा’ ‘आरने’, बैनी झ्यालैमा, घर कता हो बैनीको,पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा गीत प्रस्तुत गरे ।

‘सांगितिक यात्रामै फरक महसुस गरे,‘पोशाकमै गीत प्रस्तुत गर्दास्कुले जिवनको सम्झना भयो’ दूतराजले बेनीअनलाइनलाई भने । उनले वार्षिकोत्सवको निम्तोबाट उत्साहित भएर काठमाण्डौबाट आएको बताए । विद्यालयबाट लिएको ज्ञान, गुरूहरुबाट सिकेका सीपलाई व्यवहारमा प्रयोग नै मेरो सांगितिक क्षेत्रको सफलता भएको बताए ।

‘जीवनलाई सफल बनाउन सिर्जनशील बन्नुपर्छ, मैले यो विद्यालयबाटै सिकेकाले जिल्ला बाहिर गएर उच्च शिक्षा आर्जनमा समेत सहयोग पुग्यो’ दूतराजले भने । उनले पूर्व विद्यार्थीको नाताले आगामी दिनमा सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले जन्मिएको घर र शिक्षा आर्जन गरेको विद्यालयलाई शीरमा राखेर गीतसंगीतमा संघर्ष गरिरहेको बताए ।

‘लाहुर जाने रेलैमा’ गीतको चर्चासँगै ब्यस्त भएपनि विद्यालयको उत्सवमा सहभागी भएर शनिबार काठमाण्डौ फर्किएको बताए । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका दूतराजको गाउँको शिशुकल्याण माविमा आधारभुत तहसम्म र कक्षा ८ देखि १० सम्म प्रकाश माविमा अध्ययन गरेका थिए ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने गरेकाले पनि पछिल्लो समय रोजाईको गायक बन्न सफल भएका छन् । उनले गीतलाई मनोरञ्जनका लागि मात्रै नभई समाजको विकृती र सामाजिक सद्भावको सन्देशमा केन्द्रित गर्ने गरेका छन् ।

 

 

Leave a Reply