अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एनआएनए अस्ट्रेलियाको विद्यार्थी सहयोग समितिको संयोजकमा बरुवाल

On: December 26, 2021 10:01 AM
Follow Us:
---Advertisement---

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको विद्यार्थी सहयोग समितिको संयोजकमा म्याग्दीका बद्री बरुवाल क्षेत्री चयन भएका छन्। अध्ययनको सिलसिलामा अस्ट्रेलियामा आउने विद्यार्थीलाई एनआरएनएबाट आवश्यक परार्मश सहित समस्या समाधानमा सहयोग पुग्ने गरी बरुवाललाई कोअर्डिनेटर तोकिएको हो।

अस्ट्रेलियामा शिक्षा तथा सामाजिक र नेपाली बिचको सहकार्य हुने विभिन्न कार्यक्रममा आफ्नो फरक पहिचान बनाउन सफल बरुवालले एनआरएनएको जिम्मेबारीलाई सफलतापूर्वक पुरा गर्ने बताए।  उनले अस्ट्रेलियामा आउने विद्यार्थीको शैक्षिक भविस्यमा एनआरएनएको समेत ठूलो भूमिका रहेकाले यो अभियानले थप सहयोग मिल्ने बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार स्थायी घर भई अस्ट्रेलियामा रहेका बरुवालले सन् २००९ देखि स्टुडेन्ट हुँदै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न सामाजिक काममा संलग्न छन् । शैक्षिक परामर्श केन्द्र स्टुडेन्ट भाइब्सका सञ्चालक रहेका छन् । यसैबीच बरुवाल र उनका भाई केदार बरुवालले मानवसेवा आश्रममा रहेका अनाथको सेवामा रेखा मोमोरिय ट्रष्टबाट ५ लाख ११ हजार १११ सहयोग समेत गरेका छन् ।