पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा स्थानीय जातका गाईको सरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाईहरु छन् ।
गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सव मार्फत करिब साढे तिनकरोड रुपियाँ संकलन गरिएको थियो । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष राजु आचार्यले बताए ।
गौशाला अवलोकन र गाईको सेवाका लागि धाइरिङमा धार्मिक पर्यटकहरु पुग्न थालेका छन् । हिजो शनिवार मात्रै १ सय जनाभन्दा बढी धार्मिक पर्यटकहरु पुगेर सामुहिक रुपमा गौपूजा र गाईको आहाराका लागि पराल संकलन गरेको त्यहाँ पुगेर फर्किनुभएकी पर्वत मिलनचोककी जमुना आचार्यले जानकारी दिइन् ।
उनका अनुसार सोही अवसरमा जम्मा गरिएको पराललाई फिँजारेर सामुहिक दाइँ पनि गरिएको थियो ।
गौशालामार्फत धाइरिङलाई धार्मिक पर्यटकको केन्द्र बनाउन लागिएको गण्डकी गोपाल गौशालाका अध्यक्ष राजु आचार्यले बताए ।
गाईमा सवै देवता निवास गर्छन् भन्ने हिन्दू धर्मको मान्यता रहेको छ । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।
मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको रौं रांैमा महर्षिहरूको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ ।
प्रचिन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरूले गाईको पूजा गर्दै आइरहेका छन् ।
आर्थिक महत्व
गाई केबल धार्मिक दृष्टिकोणले मात्र नभएर आर्थिक महत्वले पनि निकै उपयोगी जनवार मानिन्छ ।प्राचीन कालमा त व्यक्तिको समृद्धि सम्पन्नता गाई धन वा गाईको संख्याबाट आकलन गर्ने गरिएको थियो । जो सँग जति धेरै गाईको संख्या छ उ त्यति नै धनी हुने मानिथ्यो सवै कर्मकाण्ड, संस्कारमा गाईको दानको महत्व छ ।
पं नीलकण्ठ आचार्यका अनुसार प्राचिन समयमा परिवारको भरणपोषण गाईमा नै निर्भर थियो । खेतमा जोत्नका लागि साढे गाइबाट प्राप्त हुन्छ, दूध, दही, घ्यू, गौत, गोबार सवै नै उपयोगी मानिन्छ । तर पछिल्ला समय गाई पालनमा नै कमी आएको छ । ग्रामिण क्षेत्रमा मात्र केही संख्यामा गाई पालन भइरहेको छ । केहीले भने व्यवसायीक रुपमा गाई पालन गरिरहेका छन् ।
वैज्ञानिक महत्व
गाईको धार्मिक तथा आर्थिक दृष्टिले मात्र महत्व छैन । केही वैज्ञानिक तथ्य पनि छन् जसले गर्दा गाईको महत्व दर्शाउछ । दूध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ तर गुणका हिसावमा गाई भन्दा राम्रो केही छैन । गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन । गाईको दुध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई स्वास फेर्नका लागि अक्सिजनको आवश्यकता पर्छ । गाईको गहुँतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी हुन्छ ।गौ पोटेसियम, सोडियम, नाइट्रोजन, फास्फेट, यूरिया, यूरिक एसिड तथा दुध दिने समयमा हुने गौतमा लेक्टोजको मात्रा धेरै हुन्छ । जसलाई चिकित्सकीय दृष्टिबाट पनि महत्वपूर्ण मानिने आयुर्वेदिक चिकित्सकहरुको भनाइरहेको छ ।