---Advertisement---

एनसीसी बैंक बेनी शाखाले घरदैलोमै पुगेर खाता खोल्ने

On: December 26, 2021 12:43 PM
Follow Us:

एनसीसी बैंक लिमिटेड बेनी शाखाले घरदैलो अभियान सुरु गरेको छ । शाखामार्फत प्रदान हुने सेवासुविधासँगै वित्तिय साक्षरता सहितको बेनी नगरपालिका वडा नं ६ छापा र आसपासका गाउँमा घरदैलो अभियान सञ्चालन गरिएको शाखा प्रबन्धक लक्ष्मण शर्माले जानकारी दिए ।

बैंकको आफ्नो २५ औं वार्षिकोत्सव लगत्तै नियमित आर्थिक कारोबारसँगै वित्तिय साक्षरता, सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिएको शाखा प्रबन्धक शर्माको भनाई छ। उनले छापा आसपासमा घरदैलोमै पुगेर खाता खोल्ने तथा बैंकको सुविधाका बारेमा समेत जानकारी गराउँदा स्थानीयमा उत्साह देखेको बताए ।

बैंकले विभिन्न योजनासँगै ‘एनसीसी सिल्भर सेभिङ खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्दती खाता,’ ‘एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्घती खाता’ लगायत निक्षेप खाताहरू संचालनमा ल्याएको छ ।बैंकको बेनी शाखाले साप्ताहिक सहित विभिन्न कार्यतालिका बनाएर नगरपालिका तथा जिल्लाका विभिन्न स्थानमा पुगेर घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ ।