---Advertisement---

अन्तिम संस्कारको रकम वचतगरी अक्षयकोष स्थापना

On: December 28, 2021 9:25 AM
Follow Us:

प्रवासी नेपाली संघ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम वचत गरी मृतकको नाममा अक्षयकोष स्थापना गरेको छ ।
म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका, पाउद्दार स्थाई घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आउनुभएका होमप्रसाद तिलिजा (दिपेन) को अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीहरु मार्फत आर्थिक सहयोग संकलन गरी स्व.दिपेनको अन्तिम संस्कार गरिएको थियो ।

बेल्जिमय निवासी म्याग्देलीहरुबाट संकलन भएको रकम वचत गरी स्व. तिलिजाले अध्इइन गरेको विद्यालय पाउद्दार माध्यामिक बिद्यालय म्याग्दीमा रु २ लाख रुपैयाको ‘स्वर्गीय होम प्रसाद तिलिजा (दिपेन) स्मृति अक्षयकोष’ स्थापना गरिएको मोना बेल्जिमयका अध्यक्ष रकेन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेका अनुसार संकलित रकमबाट वचत भएको रु १ लाख ५० हजारमा स्व. तिलिजाकी आमा नैना तिलिजाले रु ५० हजार थपेर रु २ लाखको अक्षयकोष स्थापना गरिएको हो । आमा नैना तिलिजा व्यबस्थापक र बिधालय व्यबस्थापन समिती सञ्चालक रहनेगरि गरिमा बिकास बैक पोखरेबगर शाखामा संयुक्त रुपमा खाता संचालन गरि “स्वर्गीय होम प्रसाद तिलिजा (दिपेन) स्मृति अक्षयकोष“ को स्थापना अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

अक्षयकोष मार्फत बार्षिक रुपमा प्राप्त हुने ब्याज मार्फत सो बिधालयमा अध्ययनरत गरिब तथा असाहाय बिधार्थीहरुलाई छात्रबृत्ती प्रदान उहाँले बताउनुभयो ।अध्यक्ष घिमिरेले मोना बेल्जियमले प्रवासमा आपत विपतमा परेका म्याग्देलीहरुको उद्धारकार्यमा सहयोग गर्नुको साथै आफ्नो गृहजिल्लामा आर्थिकरुपमा उपचारबाट बञ्चित भएका बिरामीहरुको उपचार र प्राकृतिक विपत्तिबाट पीडित व्यक्तिहरुको व्यवस्थापनमा समेत आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

 

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।