म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकखण्डमा ठेकेदारले समयमा काम नगरेपछि पटक–पटक म्याद थप गरिएको छ। सडक आयोजनाको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदारको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा वर्षौंदेखिको कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षाको समयमा हिलाम्मे र हिउँदमा धूलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । पैदलयात्रुका लागि पनि सडकखण्डका खाल्टाखुल्टीबाट तर्किएर हिँडिसक्नु छैन ।

विभिन्न राजनीतिक दलको पहुँच र शक्तीको ओतमा हुर्किएका ठेकेदारको छायामा परेर सरकारी निकायका कर्मचारी न बोल्न सक्छ, न कारबाही गर्ने हिम्मत नै राख्छन् । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्म दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीका एक जना मजदुर सडकखण्डमा काम गरेको अवस्थामा भेटिदैनन् । करिब चार महिनाको म्याद रहेको सडकका ठेकेदार अहिले सम्पर्कमै छैन् ।

सडकखण्डमा आवश्यक पर्ने निर्माण साम्रागीको र कोभिडले कामदारको अभावले समस्या उत्पन्न भएको बाहना बनाउँदै काम रोकेर सम्र्पकविहिन भएको ठेकेदारका कारण घर आगनमै फराकिलो र सफा सडक देख्ने स्थानीयको चाहना पूरा त परैकै कुरा हो हिलो–धुलोले स्थानीयलाई हिउँदमा समेत बर्खा समयको महसुस हुने गरेको छ । ठेकेदारले मापदण्ड विपरीत नदीजन्य बस्तु उत्खनन् गर्दा गाउँ नै जोखिममा परेको छ ।

बेनी–दरबाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेकोमा कुनैपनि खण्डमा सन्तोषजनक काम भएको छैन् । दोलखाबाट प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका हालै निर्वाचित केन्द्रीय सदस्य जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानन्तर कन्स्ट्रक्सनको लामा–समानन्तर जेभीमाथि सर्वसाधारणले निर्माणमाचासो नराखेको भन्दै फोटो सार्वजनिक यातायातमा टाँसेपछि रातारात निर्माण सुरु गरेपछि अहिले कालोपत्रे हुने आश पलाएको छ ।

अहिले १२.५ किलोमिटर सडकमध्ये बेनीदेखि तातोपानीसम्मको ९ किमी सडकमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम तिब्र गतिमा भइरहेको छ । सोही कम्पनीले तातोपानी–सिमसम्मको ३.५ किमी सडकमा काम नै गरेको छैन् । सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिइएको थियो ।

राजनीतिज्ञ, प्रशासक र विभिन्न शक्तिकेन्द्रहरूको संरक्षणमा रहेका ठेकेदारले समयमै निर्माणको काम सम्पन्न नगर्दा बाटाभरि जताततै रहेका खाल्डाखुल्डीमा परेर सवारी दुर्घटनामा समेत यात्रुले ज्यान गुमाएका छन्। म्याग्दीमा धेरै सवारी दुर्घटना बेनी–दरबाङ सडकखण्डमै हुने गरेको छ । ठूला आयोजनासँगै नगर तथा गाउँस्तरमा निर्माणधिन अवस्थाका सडकहरूमा समेत जिल्लास्तरीय ठेकेदारको राजनीतक पहुँच र कर्मचारीसँगको अनुचित उठबसे सडक विस्तार सहितको योजना अगाडी बढ्न सकेको छैन्।

बेनी–बागलुङ सडकखण्ड, बेनी–जोमसोम सडक सहित जिल्लाका ग्रामिण क्षेत्रका सडक आयोजनाहरु अलपत्र छ । साविकको धौलागिरी अञ्चल भित्रका चार जिल्लामा म्याग्दी विकास निर्माणमा सबैभन्दा कमजोर हुनुमा निर्माणधिन अवस्थामा रहेका योजनाहरू समयमै सम्पन्न गर्न नसक्नु नै प्रमुख कारण हो । पछिल्ला दुई बर्ष यता कोरोना भाइरसको कारण तेर्साएर विकास निर्माणको काम ठप्प पारिएको छ । दलिय खोलभित्र हुर्किएका जिल्लाका नेताले जिम्मा लिएको सडक कमजोर र समयमै काम नहुदाँ समेत निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधिहरू बोल्न समेत सक्दैनन् ।

जिल्लादेखि केन्द्रसम्मका पहुँचवाला ठेकेदारले सरकारी निकायका प्रतिनिधिलाई समेत सरूवा गर्ने हैसियत राख्छन् जसका कारण समयमा काम नसक्ने पहुँचवाला ठेकेदारले उन्मुक्ति पाइरहँदा अरू साना ठेकेदारलाई पनि काम लगाउन मुस्किल भएको छ। ठेक्का अवधि लम्ब्याउँदा हुने नोक्सानीमा राज्यका निकायको ध्यान जान जरुरी छ । सडकको नियमन र सुपरिवेक्षण गर्ने निकायले निर्माण व्यवसायीसितको स्वार्थ–सम्बन्ध तोड्नैपर्छ भने विकास निर्माणमा सर्वसाधारणले विभिन्न माध्यमबाट निरन्तर खवरदारी गर्नेपर्छ । राजनीतिक ओतमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई नीति निर्माण तहसम्मको जालो तोड्न बाध्य बनाउनुपर्छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार गरिएको

Leave a Reply